काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजी भएको घटना पश्चात नेकपा भित्रको विवाद थप बढ्ने देखिएको छ।
पाण्डेविरुद्ध नाराबाजी भएसँगै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।
सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न माग गरेका हुन्। नेता नेपालले शनिबार भएको घटनालू लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भनेका छन्।
झलनाथको पनि आपत्ति
चितवनमा नेकपाका कार्यकर्ताले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि गरेको व्यवहार बारे माधव नेपाल पछि नेकपाका अर्का नेता झलनाथ खनालले उक्त घटनाको निन्दा गरेका छन्।
नेता खनालले उक्त घटनालाई कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत भन्दै संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न माग गरका छन्।
“कार्यक्रममा आफ्ना भनाईहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ।यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।”,एक विज्ञप्ति जारी गर्दै नेता खनालले भनेका छन्। साथै नेता खनालले चितवनको घटनाले पार्टीमा विवाद थप बढ्ने भन्दै सचेत रहन सम्पुर्ण नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन्।
“पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता कार्यकर्तालाई विनम्र अनुरोध छ।”,नेता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।