“हुलहुज्जत गर्ने हाम्रो बिशेषता होइन”

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा नाराबाजी भएपछि ट्वीटर मार्फत टिप्पणी गर्दै भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको बताएका हुन्। विमर्श, छलफल र फरकमतको सम्मान जनताको बहुदलीय जनवादको विशेषता भएको उनको भनाइ छ।

“हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरकमतको सम्मान जबजको विशेषता हो”,नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले ट्वीट गर्दै भनेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजी भएको घटना पश्चात नेकपा भित्रको विवाद थप बढ्ने देखिएको छ।

पाण्डेविरुद्ध नाराबाजी भएसँगै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न माग गरेका हुन्। नेता नेपालले शनिबार भएको घटनालू लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भनेका छन्।

झलनाथको पनि आपत्ति

चितवनमा नेकपाका कार्यकर्ताले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि गरेको व्यवहार बारे माधव नेपाल पछि नेकपाका अर्का नेता झलनाथ खनालले उक्त घटनाको निन्दा गरेका छन्।

नेता खनालले उक्त घटनालाई कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत भन्दै संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न माग गरका छन्।

“कार्यक्रममा आफ्ना भनाईहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ।यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।”,एक विज्ञप्ति जारी गर्दै नेता खनालले भनेका छन्। साथै नेता खनालले चितवनको घटनाले पार्टीमा विवाद थप बढ्ने भन्दै सचेत रहन सम्पुर्ण नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन्।

प्रकाशित : शनिबार, मङि्सर ०६, २०७७१९:५८

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते