ओली र देउवा बीच भयो गोप्य भेट, ओलीले गरे देउवालाई यस्तो खतरनाक प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भेटमा  सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतको दाबी छ । करिब डेढ घण्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।

पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेर फुटको संघारमा पुगेकै बेला प्रधानमन्त्री ओलीले संसदको दोस्रो ठुलो दल कांग्रेसका सभापति देउवासँग गोप्य भेटवार्ता गरेका हुन् ।  संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

यसअघि शुक्रबार साँझ कांग्रेस सभापति देउवासँग नेपालकालागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटेका थिए ।

मंसिर ३ गते सचिवालय बैठक बसेर १३ गतेसम्मका लागि ओलीकै आग्रहमा बैठक सारे पनि दुई अध्यक्षबीच कुनै समझदारी बन्ने संकेत छैन।

सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। संवैधानिक निकायमा पदाधिकारी नियुक्ति,उपकुलपतिविहीन बनेका विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्ने विषयमा कांग्रेससँग सहमति खोज्न नेकपाको तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिइएको बताइएको छ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित : आइतबार, मङि्सर ०७, २०७७१३:२७

“म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न”