प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै गृह मन्त्रालय पुगे तीन आईजीपी!

फाइल तस्बिर

काठमाडौं, ७ मंसिर। आइतबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको लागि चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका थिए।

केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेपछि तीन सुरक्षा निकायका प्रमुखलाई  भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालय बोलाएका थिए।  र ओलीसँग भेटवार्ता गरेलगत्तै  सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी गृह मन्त्रालय पुगेका छन् । यसअघि प्रधानमन्त्री ओलीसँगको भेटमा तीन सुरक्षा निकायका प्रमुखसहित प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सहभागी थिए ।

गृहमन्त्री रामबहादुर थापाको सचिवालय स्रोतको अनुसार मन्त्रालयमा आइतबार दिउँसो ३ बजे भएको बैठकमा मुलुकको सुरक्षा स्थिति, विप्लव समूहका गतिविधि र अन्य समसामयिक विषयमा छलफल भएको जनाएको छ।

प्रकाशित : आइतबार, मङि्सर ०७, २०७७१७:५१

२४ घण्टामा काठमाडौँमा मात्रै थपिए ९५७ कोरोना संक्रमित, देशभर कति?