काठमाडौँ – एक भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुग्ने पहिलो नेपाली महिला बनेकी छन्।
भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती हुँदै बेलायती सेनाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला बन्न सफल भएकी हुन्।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२२ भुम्दी घर भएकी २७ वर्षीय अंशुले बेलायती सेनामा पाएको दर्जा सम्भवत नेपाली महिलाले अहिले सम्म पाएको दर्तामा अहिले सम्मकै माथिल्लो दर्जा हो।
उनले गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेकी थिइन्। जसपश्चात उनले बेलायती सेना प्रवेश गरेकी थिइन् । शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको दर्जा पाएकी छन्।
अंशु गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी रहेकी छन्। गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएको छ।