बार्सिलोनाको ‘कन्तविजोक’: च्याम्पियन्स लिगमा छनोट समेत नहुने सम्भावना !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जारी सिजन स्पेनिस ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । सिजनको सुरुवातमा नियुक्त भएका प्रशिक्षक रोनाल्ड कोम्यान निकै दबाबमा रहेका छन् ।

शनिबार एटलेटिको म्याड्रिडको मैदानमा हार बेहोरेपछि बार्सिलोनाले सुरुवाती ८ खेलमा मात्र ११ अंक जोडेको छ । हालसम्म ३ खेलमा जित हासिल गरेको बार्सिलोनाले २ बराबरी गर्दा ३ खेलमा हार बेहोरेको छ । उपाधि जित्ने लक्ष्य बोकेको टोलीले अहिले नै ३ खेलमा हार बेहोर्दा समर्थकहरु पनि रुष्ट छन् ।

इतिहास पल्टाउने हो भने यो प्रदर्शन टोलीको इतिहासमा २५ वर्ष यताकै खराब स्थितिमा छ । सन् १९९५/९६ यता टोलीले यति खराब सुरुवात गरेको थिएन । सन् २००२/०३ र २००३/०४ मा पनि टोलीले अपेक्षित सुरुवात गरेको थिएन, तर त्यसबेला टोलीसँग १२ अंक रहेको छ । जम्मा ८ खेल खेल्दा नै ३ हार बेहोर्नुले टोलीको उपाधि सम्भावनामा प्रश्न उठ्न थालेको छ ।

यसै गतिमा अघि बढ्ने हो भने बार्सिलोनाले उपाधि होइन, अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा पनि शंका उत्पन्न हुन्छ । एटलेटिको म्याड्रिड, भिल्लारियल र रियल सोसिडाडले सुधारिएको प्रदर्शन गरिरहँदा रियल म्याड्रिड र बार्सिलोनाको लय खस्कनुले अंक तालिका यसपटक केहि फरक देखिन्छ ।

प्रकाशित : सोमबार, मङि्सर ०८, २०७७०८:४०

ज्लाटन चम्किँद दुई गोलमा एसी मिलानको जित !