गोकुल बाँस्कोटालाई काभ्रेमै बहिस्कार !

काठमाडौँ – पूर्व सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई गृहजिल्लामै बहिष्कार गर्न आह्वान गरिएको छ। गृहजिल्ला काभ्रे स्थित सोमबार पनौतीमा विद्यालयको उद्घाटनका लागि पुग्नु अगाडी स्थानीय नेकपा कार्यकर्ताले पर्चा छरेर बहिष्कार गर्न आह्वान गरेका हुन्।

बाँस्कोटा पनौती पुग्नु अगाडी नै भ्रष्ट आचरणको भण्डाफोर गरौं शीर्षकको पर्चा बाँडेको पाइएको छ। पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै शिलान्यासको लागि विवादमा परेकाभन्दा अन्य कुनै माननीय,प्रदेश सभा सदस्य वा मेयर छानिनुपर्ने उल्लेख गरिएको छ । साथै पर्चा मार्फत दलाल पुँजीपति र भ्रष्टाचारीहरूलाई सामाजिर बहिष्कार गर्नसमेत आह्वान गरिएको छ।

गत वर्ष सञ्‍चार तथा सूचना प्रविधि मन्त्री हुँदा बाँस्कोटाको एक अडियो संवाद बाहिर आएको थियो। जसमा बाँस्कोटाले ७० करोड घूस मागेको सुनिएको थियो।

अडियो बाहिर आएसँगै बाँस्कोटाले छानबिनको लागि मार्गप्रसस्थ गर्न भन्दै मन्त्रीपदबाट राजिनामा दिएका थिए। अडियो बाहिर ल्याउने विजयप्रकाश मिश्रले अडियो सक्कली भएको र बाँस्कोटाले कमिशन मागेको दावी गर्दै आएपनि बाँस्कोटाले भने आरोपलाई अस्विकार गर्दै आएका छन्।

बाँस्कोटा आफू विरुद्ध षडयन्त्र भएको भन्दै अदालत समेत पुगेका छन्। टेप प्रकरण पश्चात बाँस्कोटालाई कारवाही गर्न माग भइरहेको छ। बाँस्कोटा घुस प्रकरण अहिले अख्तियारमा पनि छ। अख्तियारले त्यससम्बन्धमा अनुसन्धान गरिरहेको छ भने अख्तियार माथि बाँस्कोटालाई जोगाउन खोजेको आरोप समेत लागेको छ।

 

प्रकाशित : सोमबार, मङि्सर ०८, २०७७१२:२४

हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने