मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना रहेको छ। यात्राको योग बन्नेछ। मध्यान्हपछि मानसिक तनाब बढ्नसक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। आफन्तसँग मदभेद पैदा हुनसक्छ। खर्चमा वृद्धि हुनाले आर्थिक स्थिति कमजोर रहला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यापारमा परिस्थिति अनुकूल रहनेछ। तपाईंको कामको सराहना हुनेछ। सामाजिक मन-प्रतिष्ठा बढ्नेछ। नयाँ कार्य सुरु गर्नाओ लागि दिन शुभ रहनेछ। सामाजिक र आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ। रमणीय यात्राको योग बन्नेछ। कामहरू सजिलैसँग गरिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरु तपाईंसँग आन्तुष्ट रहनेछन्। धन खर्च बढी हुनेछ। सन्तान सम्बन्धि विषयले चिन्ता बढ्नेछ। मध्यान्हपछि कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापारमा पनि वातावरण अनुकूल हुनेछ। पदोन्नतिको योग रहेको छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
क्रोधमा संयम राख्नुहोस्। अनैतिक कार्यहरू र नकारात्मक विचारहरूबाट टाढा रहनुहोस्। आर्थिक संकटले सताउन सक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। व्यावासायिक क्षेत्रम उच्च अधिकारीसँग ध्यानपूर्वक रहनुहोस्। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
साथी-भाई तथा प्रियजनसँग आनन्दमय रूपले समय बित्नेछ। यात्राको पनि सम्भावना रहेको छ। मध्यान्हपछि मानसिक रूपले चिन्तित रहनुहुनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। अत्यधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम-सफलता मिल्नाले मन प्रशन्न रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। घर परिवारमा सकारात्मक वातावरण रहनेछ। तपाई शारीरिक र मानसिक रूपबाट प्रसन्न र स्वस्थ रहनुहुनेछ। मध्यान्हपछि दिन मनोरञ्जनमा खर्च हुनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन रचनात्मक प्रवृत्तिका लागि शुभ छ। तपाईंले बौद्धिक क्षेत्रमा भाग लिनको लागि गरेको काममा सफलता पाउनुहुनेछ। मान-सम्मान तथा प्रसिद्धि बढ्नेछ। व्यापार व्यवसाय क्षेत्रमा वातावरण अनुकूल हुनेछ र सहकर्मीहरुको सहयोग पनि मिल्नेछ। परिवारमा हर्षको वातावरण हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वित्तीय मामिलाहरू आयोजना गरिनेछ। नयाँ वस्त्र तथा सौन्दर्य प्रसाधनको लागि अत्यधिक खर्च हुनेछ। आमाबाट लाभ मिल्ने सम्भावना रहेको छ। नयाँ कार्य सुरु गर्ब्नको लागि दिन शुभ छैन। बौद्धिक र तार्किक काम गर्नुहोस्। पेट सम्बन्धित रोगहरूदेखि सावधान रहनुहोस्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक तथा मानसिक हिसाबले तपाईं स्वस्थ रहनुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ। मध्यान्हपछि भने अधिक संवेदनशीलताको अनुभव गर्नुहुनेछ।महिलाहरूले सौन्दर्य प्रसाधनको लागि पैसा खर्च गर्दछन्। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
धार्मिक कार्यहरूमा खर्च हुनेछ। परिवारमा वाद-विवादको स्थिति उत्पन्न हुनसक्छ, सजग रहनुहोला। परिवारका सदस्यहरू रिसाउन सक्छन् र तपाईं असन्तुष्ट हुन सक्नुहुन्छ। मध्यान्हपछि भने परिस्थित अनुकूल हुनेछ। भाग्यवृद्धिको योग रहेको छ। भाई-बहिनीसँगको सम्बन्ध मजबूत हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनमा नकारात्मक सोच उत्पन्न हुनसक्छ। वाणीमा संयम राख्नुहोला। अप्रत्याशित धन खर्च हुनाले आर्थिक स्थिति कमजोर हुनसक्छ। निर्णय शक्तिको अभाव हुनेछ। विद्यार्थी वर्गको लागि पनि दिन शुभ छैन। यस दिन नयाँ कार्य सुरु नगर्नुहोस्। स्वास्थ्य सामान्य रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंले खर्चमा संयम राख्नुपर्छ। आफन्तसँग मनमुटाव हुनसक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार हुनेछ। मानसिक रूपमा पनि तपाईं स्वस्थ महसुस गर्दछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।