क्रिस्टियानो रोनाल्डोले आफ्नो युभेन्टस क्यारियरको बारेमा अनिश्चितताको बीच रियल मैड्रिडमा सनसनीपूर्ण फिर्तीको बारेमा सोचविचार गरिरहेको कुरा आएको छ।
युभेन्टस छाड्ने कुरा चलिरहेको समयमा क्लबले पनि रोनाल्डोको ट्रान्सफरबाट आफूले रोनाल्डोलाई तिरेको ११८ मिलियन डलरको केहि लाभ उठाउने दाउमा रहेको छ। र, एक रिपोर्टका अनुसार ३५ वर्षीय पोर्चुगिज लेजेण्डले रियल म्याड्रिडमा सम्भावित फिर्ताको बारेमा विचार गरिरहेका छन्।
मार्काको एक रिपोर्टको अनुसार ‘उनी स्पेन फर्किने बारेमा सोचिरहेका छन्।’ रिपोर्टले भनेको छ कि रोनाल्डोले २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस गएपछि रियल म्याड्रिडसँगको सबै सम्पर्क काटिदिएका थिए। तर अहिले रियल र रोनाल्डो बीच राम्रो सम्बन्ध रहेको बताइन्छ।
रियलसँगको ९ वर्षीय खेल जीवनमा रोनाल्डोले ४३८ खेलमा ४५१ गोल गरे। त्यस समयमा उनले ४ च्याम्पियन्स लिग, २ लालिगा र २ कोपा डेल रे उपाधि जिते।
रियल म्याड्रिड बाहेक म्यानचेस्टर युनाइटेड र पीएसजी पनि रोनाल्डोलाई क्लबमा भित्र्याउन कोशिस गरिरहेका छन्।