काठमाडौँ – देशभर कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख लाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना जना कोरोना मुक्त भएसंगै देशभर अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख नाघेको हो। योसंगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख २ हजार ६७ पुगेको छ।
नेपालमा कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर सक्रिय संक्रमित १८ हजार ८८४ जना रहेका छन्। मन्त्रालयका अनुसार यो कुल संक्रमितको ९.५ प्रतिशत हो।
देशभर १९८० संक्रमित थपिए
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।
विगत २४ घण्टामा १० हजार ३८१ जनाको पिसिआर परीक्षण भएको हो।
हालसम्म मुलुकभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप १६ जनाको ज्यान गएसँगै मृ-त्यु हुनेको संख्या १ हजार १७४ पुगेको हो।