समुद्रशास्त्र अनुसार शरीरको केही अंशमा बनेको कोठीलाई शुभ मानिन्छ भने केहिलाई अशुभ मानिन्छ। कोठीको बारेमा धेरै सिद्धान्तहरु पाईन्छ । जीवनको धेरै कुराहरुको संकेत कोठीले गर्छ भन्ने विश्वास गरिन्छ। शरीरमा हुने कोठीको आधारमा शारीरिक, आर्थिक तथा नैतिक चरित्रको पनि विश्लेषण गर्न सकिन्छ। त्यस्तै, शरीरको विभिन्न भागमा भएको कोठीले निम्नानुसार धन र समृद्धिको संकेत गर्छ।
शरीरको यी ४ ठाउँमा कोठी हुने व्यक्त्तिहरुले अथाहा धन प्राप्त गर्न सफल हुन्छन् साथै अत्यन्तै भाग्यमानी हुन्छन्…
हात
यदि कुनै व्यक्तिको हत्केलामा कोठी छ भने त्यो अत्यन्त शुभ मानिन्छ। यस्ता मानिसले कम मिहेनत गरेर नै अथाहा धन कमाउन सफल हुन्छन्। यदि तपाईंको कोठी हातको माथिल्लो आधा भागमा अवस्थित छ भने, चाडैं नै सफलता पाउन सक्नुहुन्छ। त्यस्तै, कोठी तल्लो आधा भागमा छ भने, धन गर्न तपाईंलाई केही समय लाग्छ।
नाक
यदि तपाईंको नाकमा पनि कोठी छ भने तपाईंको जीवनमा कहिले पनि धन तथा समृद्धिको कमी हुने छैन। यदि नाकको दायाँ तर्फ कोठी छ भने तपाईं विवाहपछि धनवान बन्नुहुनेछ र जिन्दगीको सबै सुख प्राप्त गर्नुहुनेछ।
चिउँडो
चिउँडोमा कोठी भएका मानिसहरु धन प्राप्त गर्नमा निकै नै भाग्यमानी हुन्छन्। चिउडोमा कोठी हुने पुरुषले श्रीमतीबाट अत्यन्त माया पनि पाउछन्। यी मानिसको जीवनमा धनको अभाव हुनेछैन।
ढाड
धेरै मानिसहरूको आफ्नो ढाडमा कोठी हुन्छ। ढाडमा भएको कोठी सुख भोगको संकेत हुने गर्दछ। ढाडमा कोठी भएका व्यक्तिहरूको व्यक्तित्व आकर्षक हुन्छ। त्यस्ता व्यक्तिहरू एकदम छोटो समयमै सफलताको शिखरमा पुग्न सफल हुन्छन्।