लगातार घट्दै सुनको मूल्य, सुन १ सय ४० दिन यताकै सस्तो !

काठमाडौँ – मंगलबार साउन महिना यताकै सस्तो मूल्यमा कारोबार भएको सुनको मूल्य बुधबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैंयाले घटेको छ।

बुधबारको गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अगाडी सुनको मूल्य बुधबार १ हजार ८ सय रुपैंयाले घटेको थियो। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ५ सय कायम भएको थियो। मङ्सिर महिना शुरु भएयता सुनको मूल्य लगातार घटिरहेको छ। मङ्सिर १ गते ९५ हजार १ सयमा कारोबार भएको सुनको मूल्य बुधबार सम्म आइपुग्दा तोलामा ३ हजार ६ सयले घटिसकेको छ।

सुन असार यताकै सस्तो

बुधबार कायम भएको सुनको मूल्य १ सय ४० दिन यताकै कम रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार कायम भएको सुनको मूल्य असार २४ गते यताकै कम हो। त्यसदिन सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको थियो। त्यसदिन यता सुनको मूल्य बुधबारको मूल्य सम्म झरेको थिएन।

चाँदीको मूल्यमा सामान्य गिरावट

बुधबार चाँदीको मूल्यमा सामान्य मात्र गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैंयाले घटेर १ हजार १ सय ७५ कायम भएको छ।

प्रकाशित : बुधबार, मङि्सर १०, २०७७११:१०

नेप्सेमा उछाल, ६५ अङ्कको वृद्धि