भोलि मङ्सिर ११ गते बिहिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक रूपले तपाईं अस्वस्थ रहनुहुनेछ। धर्म-कर्म क्षेत्रमा पैसा खर्च गर्ने अवस्था आउँछ। खर्च बढ्नेछ। जग्गा, घर आदि कागजातहरूमा ठगी हुने सम्भावना छ।आमाको स्वास्थ्य खराब हुनसक्छ। कार्यक्षेत्रमा परिस्थिति सोचे अनुरुप अनुकूल नरहला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आय बढ्ने तथा व्यवसायमा बिस्तार हुने सम्भावना छ। परिवारका सदस्य तथा साथी-भाईसँग आनन्दमय रूपले दिन बित्नेछ। यात्राको योग बन्नेछ। महिला वर्गबाट विशेष लाभ मिल्ने देखिन्छ। तपाई आफ्नो जीवनसाथीसँगको सम्बन्धमा गहिरो आत्मीयता अनुभव गर्नुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

हरेक कार्य सारलताका साथ पूरा हुनेछन्। घर, कार्यालय र सामाजिक क्षेत्रमा अनुकूल वातावरण सिर्जना हुनाले मन प्रशन्न रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट सहयोग मिल्नेछ। सरकारी कार्यमा देखा परेका अवरोध दूर हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक स्वस्थताका साथै भाग्यवृद्धि हुनाले तपाईं प्रफुल्लित हुनुहुनेछ। विदेशबाट शुभ समाचार प्राप्त हुनेछ। धार्मिक यात्राको योग बन्ने देखिन्छ। कार्यक्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। परिवारमा सकारात्मक वातावरण रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यको बारेमा ख्याल राख्न जरूरी देखिन्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। परिवारका सदस्यहरुसँग मनमुटाव हुनसक्छ। नकारात्मक सोच तथा अनैतिक कार्यबाट टाढा नै रहनुहोला। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल नरहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामाजिक र सार्वजनिक क्षेत्रमा लाभका साथै ख्याति मिल्नेछ। महिला वर्गबाट ​​विशेष फाइदा हुनेछ। दाम्पत्य जीवनमा सुय्खाको अनुभव गर्नुहुनेछ। विपरित लिंगीसँग नयाँ सम्बन्ध स्थापना हुनसक्छ। पर्यटनको सम्भावना छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग भरपूर मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नोकरी पेशा गर्नेले यस दिन अप्रत्यासित लाभ प्राप्त गर्नेछन्। पारिवारिक वातावरण सुखमय रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुन्छन्। स्वास्थ्य राम्रो रहनेछ। माइती पक्षबाट शुभ समाचार मिल्नेछ। विध्यार्थी वर्गको लागि दिन अनुकूल रहनेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक र मानसिक उर्जाको अभाव हुनेछ। परिवारमा नकारात्मक वातावरण राहनाले मन चिन्तित रहनेछ। आमाको स्वास्थ्य पनि चिन्ताको विषय बन्नसक्छ। धनहानि हुने सम्भवना छ। सामाजिक क्षेत्रमा अपमान हुनसक्छ, सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अनुकूल परिस्थिति सिर्जना हुनाले तपाईं सजिलैसँग सबै कार्यहरू पूर्ण गर्न सक्षम हुनुहुनेछ। व्यापारमा आर्थिक लाभ प्राप्त हुनेछ। कुनै पनि नयाँ काम सुरू गर्न सकिन्छ। विद्यार्थीहरूले अध्ययनमा सफलता प्राप्त गर्नेछन्। साथी-भाई तथा आफन्तसँग रमाइलो भेटघाट हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। वाणीमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। आफन्तसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना छ। अनावश्यक खर्च र धनहानिको योग रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्यको सुरु गर्नको लागि दिन शुभ रहनेछ। आफन्त तथा मित्रगणसँग रमणीय भेटघाट गर्ने मौका मिल्नेछ। यात्राको योग रहेको छ। धार्मिक कार्यमा खर्च हुनेछ। आर्थिक हिसाबले दिन शुभ रहनेछ। निर्धारित कार्यहरू सफल हुनेछन्। वैवाहिक जीवन सुखमय रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक तथा मानिसक रूपले तपाईं प्रफुल्लित रहनुहुनेछ। नयाँ कार्य प्रारम्भको लागि दिन उत्तम रहने देखिन्छ। धार्मिक तथा मांगलिक कार्यमा संलग्न हुनुहुनेछ। परिवारसँग स्वादिष्ट एवम उत्तम भोजनको आनन्द लिनुहुनेछ। रमणीय यात्राको सम्भावना रहेको छ। दाम्पत्य जीवन आनन्दमय रूपले बित्नेछ।

प्रकाशित : बुधबार, मङि्सर १०, २०७७१८:३३

भोलि मङ्सिर १२ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !