२८ नोभेम्बरको दिन बुध ग्रह तुल राशिबाट वृश्चिक राशिमा प्रवेश गर्दैछ। यस राशिमा बुध ग्रह १७ डिसेम्बरसम्म रहनेछ। वृश्चिक राशि मंगल ग्रहको स्वमित्व रहेको राशि हो। मंगल र बुध ग्रह शत्रु ग्रह मानिन्छ। तसर्थ, बुध यस राशिमा सहज हुँदैन। बुध ग्रहको वृश्चिक राशिमा गोचरले सबै १२ वटै राशिमा प्रभाव पर्नेछ।
मेष राशि
स्वास्थ्यमा विपरित असर पर्नेछ। कार्यक्षेत्रमा कुनै प्रकारको षडयन्त्रमा पर्नबाट बच्नुहोला। कसैलाई पनि अधिक धन ऋण नदिनुहोस्, अन्यथा घाटा हुने सम्भावना छ। कार्य सफलताको लागि अधिक परिश्रम गर्नुपर्नेछ। आलस्य हावी हुनेछ।
वृष राशि
दाम्पत्य जीवनमा समस्या आउनसक्छ। व्यापारको हिसाबले समय उत्तम रहनेछ। मांगलिक कार्यको लागि शुभ अवसर मिल्नेछ। सरकारी काम पूरा गर्न सकिन्छ। तपाईं घर वा वाहन खरीदको संकल्प पूरा गर्न सक्नुहुनेछ।
मिथुन राशि
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। परिवारमा नकारात्मक वातावरण रहनेछ। कानुनि मामलामा नपर्नु नै राम्रो होला। विदेशी कामका लागि समय अनुकूल छ। धर्म-कर्ममा रुचि बढ्नेछ। यात्रा गर्दा सावधान रहनुहोला। खर्चमा वृद्धि हुनेछ।
कर्कट राशि
शिक्षा क्षेत्रम विशेष सफलता मिल्ने सम्भावना रहेको छ। व्यापारीहरुको लागि बुधको यो गोचर अत्यन्त शुभ रहनेछ। आयका स्रोत बढ्नेछन्। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। व्यापारमा साझेदारी नगर्नुहोस्।
सिंह राशि
आम-बुबाको स्वाथ्य चिन्ताको विषय बन्नसक्छ। साथी-भाई बीच मदभेद हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। यात्रा गर्दा सामान चोरी हुनबाट बच्नुहोला। स्वास्थ्यको हिसाबले गोचर सकारात्मक रहनेछ। जमीन तथा घर सम्बन्धि कार्य गर्दा सावधान रहनुहोला।
कन्या राशि
परिवारका अग्रज तथा भाई-बहिनीसँग मनमुटाव हुनसक्छ। महिलाको लागि यो गोचर अत्यन्त शुभ रहनेछ। कुनै नयाँ कार्य सुरु गर्नको लागि यो समय उत्तम रहनेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्नेछ। वादेशिक क्षेत्रमा सेवाको लागि आवेदन दिन समय अनुकूल रहनेछ।
तुला राशि
परिवारमा नकारात्मक वातावरण रहनेछ। रोजगारको खोजिमा रहेकाले सफलता प्राप्त गर्नेछन्। आयात-निर्यात सम्बन्धि व्यापारीको लागि समय अत्यन्त उत्तम रहनेछ। विदेशी मित्र वा आफन्तहरूले सहयोग पाउनुहुनेछ। जग्गा तथा सम्पत्ती सम्बन्धि मामिलाहरूको समाधान हुनेछ।
वृश्चिक राशि
स्वास्थ्यमा विपरित् असर पर्नसक्छ। सरकारी क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। आयका स्रोत बढ्नेछन्। रोकिएका कार्य सरलताका साथ सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा उच्च अधिकारीसँग मनमुटाव हुनसक्छ। ऋण वा सापटी दिएको पैसा फिर्ता आउनसक्छ।
धनु राशि
दाम्पत्य जीवननमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। विवाह सम्बन्धि वार्तामा ढिलाई हुनसक्छ। धनहानि हुने सम्भावना रहेको छ। मित्र तथा आफन्तबाट अशुभ समाचार मिल्न सक्छ। अनावश्यक झै-झगडामा नपर्नुहोला।
मकर राशि
आम्दानीमा वृद्धि हुनेछ। दाजु-भाईसँग मदभेद हुनसक्छ। परिवारमा पनि मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। विद्यार्थी वर्गको लागि यो गोचर अत्यन्त शुभ रहनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।
कुम्भ राशि
व्यापार व्यावसाय क्षेत्रमा बिस्तार हुने सम्भावना छ। पदोन्नतिको योग रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। सरकारी क्षेत्रमा सफलता मिल्नेछ। घर-जग्गा तथा वाहन खरिद गर्ने योग रहेको छ। आमा-बुबाको स्वास्थ्य बिग्रन सक्छ।
मीन राशि
भाग्यवृद्धिको योग रहेको छ। धर्म कर्ममा मन लाग्नेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। तपाईंको कामको प्रशंसा हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता आउनेछ। व्यापारीहरुको लागि समय उत्तम रहनेछ। विवाह सम्बन्धि वार्ता सफल हुने देखिन्छ।