कक्षा १२ को परीक्षा : मोबाइल हेर्दै चिट चोर्दै [भिडियो सहित]

काठमाडौँ – सामाजिक संजालमा यति बेला एक भिडियो भाइरल छ। भिडियो एक परीक्षा हलको रहेको छ। भिडियोमा विद्यार्थीहरु देखिन्छन्। त्यहाँ देखिएका विद्यार्थीहरु मंगलबारबाट शुरु भएको कक्षा १२ को परीक्षा दिने परीक्षार्थि हुन्।

परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिन्छन्। भिडियोमा देखिएअनुसार त्यहाँ निरीक्षक समेत छैनन्। भिडियो खिच्दै एक विद्यार्थी त्यहाँको वातावरण बारे बताउँदै देखिन्छन्।

“इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन । यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।”,भिडियो बनाउने विद्यार्थीले भनेका छन्।

भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन। भिडियो अहिले फेसबुक र टिकटक लगायतक सामाजिक सञ्जालमा भाइरल छ। भिडियोले मंगलवार देखि शुरु भएको कक्षा १२ को परीक्षामा हुने गरेको अनुगमन माथि प्रश्न उठाएको छ।

गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोभिड–१९ र बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षाका विभिन्न विकल्पमा गृहकार्यपछि नेपाल सरकारको अनुमतिमा राष्ट्रिय परीक्षा बोर्डले कूल १०० मध्ये ४० प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा, ४० प्राप्ताङ्क कक्षा ११ को नजिताबाट र २० प्राप्ताङ्क प्रयोगात्मक हुने गरी तय गरिएको छ ।

बोर्डले जुन विद्यालयबाट विद्यार्थी पढेका थिए, त्यही विद्यालयमा परीक्षा दिन पाउने (होम सेन्टर) को व्यवस्स्था गरेको छ । परीक्षाका प्रश्नपत्र केन्द्रसमक्ष अनलाइबाट पनि पठाइएको थियो । अनलाइन माध्यमबाट पनि परीक्षा दिन सकिने विकल्पबारेमा पनि सुझाव दिइएकामा यसको विश्वसनीयतामा प्रश्न उठेपछि प्रत्यक्ष परीक्षा सञ्चालन गरिएको हो ।

प्रकाशित : बुधबार, मङि्सर १०, २०७७१९:११

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता