स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुन्छ तिलको तेल !

पूजा देखि लिएर विशिष्ट व्यंजन तयार पार्नसम्म तिलको तेलको प्रयोग हुन्छ। यसले खानाको स्वाद सुधार गर्छ र यो एन्टी-अक्सिडेन्ट, भिटामिन र प्रोटिनले भरपूर छ। तिलको तेल छाला, कपाल र स्वास्थ्यको लागि अत्यधिक लाभदायक हुन्छ। यसको फाइदाको बारेमा जानौं।

मधुमेह 

रगतमा चिनीको स्तर उच्च हुनु नै मधुमेहको मुख्य कारण हो। तिलको तेलमा प्रोटिन र फाइबर प्रचुर मात्रामा हुन्छ जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ।

सुन्निने समस्या 

हात गोडा दुख्ने तथा सुन्निने समस्याले तपाईंको स्वास्थ्यलाई बिगार्न सक्छ र हृदय रोगहरूको जोखिम बढाउन सक्छ। तिलको तेल यस्ता समस्याको लागि अत्यन्त लाभकारी हुन्छ। यसले सुन्निने तथा दुख्ने समस्या कम गर्न सक्छ।

मजबूत हड्डी 

तिलको तेल क्याल्शियमको अनमोल स्रोत हो जसले हड्डीहरूलाई मजबूत राख्न मद्दत गर्छ। तिलको तेलमा कपरको पनि भरपूर मात्रा हुन्छ जसले हड्डी दुख्ने जस्ता समस्याबाट राहत प्रदान गर्छ।

मजबूत प्रतिरक्षा शक्ति  

तिलको तेल भिटामिन ई, जिंक, कपर र आइरन जस्ता पोषक तत्वहरूले समृद्ध हुन्छ। यो तेलले प्रतिरक्षा सुधार र रक्त कोषहरूको आपूर्तिमा मद्दत गर्दछ।

प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७१९:४६

जाडोमा अनुहार फुट्ने समस्याबाट यसरी पाउनुहोस् छुटकारा !