बार्सिलोनाका पूर्व स्ट्राइकर केभिन-प्रिन्स बोटेङले आफू बार्सामा हुँदा मेस्सीको खेल देखेर आफूलाई फुटबलबाट सन्यास लिने सोच आएको बताएका छन्। बार्सिलोनामा आर्फो ६ महिले खेल जीवनमा उनी मेस्सीबाट धेरै नै प्रभावित भए।
२०१८-१९ सिजनमा क्याम्प नोउमा बिताएको आफ्नो समयलाई सम्झँदै बोटेङले स्वीकार गरे कि जब बार्सिलोनाले उनी माथि चासो देखायो उनलाई विश्वास गर्न गार्हो भएको थियो। “बार्सिलोनामा बिताएको छ महिना अविश्वसनीय थियो,” बोटेङले डीएजेडएनलाई भने। “सुरुमा मैले यो विश्वास गर्न सकिन। मैले सोचे कि यो एस्पानेओल हो जसले म माथि चासो देखायो, बार्सिलोना होइन”, उनले भने।
“मेस्सीसँगको प्रशिक्षणले मेरो बोल्ती बन्द भयो। मैले सधैं भनेको थिएँ कि क्रिस्टियानो रोनाल्डो संसारकै सर्वश्रेष्ठ हो, तर मेस्सी अर्कै स्तरमा छन्। उनी सामान्य खेलाडी हैनन्।”
“मेस्सीसँग प्रशिक्षणको क्रममा मैले आफ्नो क्यारियरमा पहिलो चोटि अपर्याप्त महसुस गरें। उनी प्रशिक्षणमा पनि अविश्वसनीय कामहरू गरिरहन्छन्। यो देख्दा मलाई लाग्थ्यो, ‘मैले अब खेल्न छोड्छु’ बोटेङले भने।
बोटेङ २०१९ जनावारीमा ससुओलोबाट लोनमा बार्सिलोना आएका थिए। उनले बार्सिलोनाको ६ महिने खेल जीवनममा १ लालिगा उपाधि जिते।