सुन्दर बिहानीले सुन्दर दिनको सँकेत गर्छ भन्ने भनाई नै छ। यस्तोमा हामीले बिहान गर्ने कार्यहरुले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ। हामीले बिहानको समयमा कतिय गलत काम पनि गरिरहेका हुन्छौं, यस्ता बानीले जीवनमा नकारात्मक असर पार्ने गर्छ। त्यसोभए हामीले बिहानको समयमा के कस्ता कार्य गर्नु शुभ हुन्छ त ? जान्नुहोस्…
सूर्यलाई जल चढाउनु
शास्त्रहरुमा पनि यो कुरा उल्लेख गरिएको छ कि जो मानिस दैनिक बिहान उठेर सूर्यलाई जल अर्पित गर्छ समाजमा सधैं उसको मान-सम्मान रहन्छ। यसो गर्नु स्वास्थ्यको हिसाबले पनि अत्यन्त लाभदायक हुन्छ।
तामाको भाडोमा राखेको पानी पिउनु
बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। यसो गर्नाले पेट सम्बन्धि अधिकांश रोग जस्तै; कब्जियत, ग्याष्टिक आदि समस्याबटा छुटकारा मिल्छ।
तुलसीलाई जल अर्पण
दैनिक रूपमा बिहान स्नान गरेपछि तुलसीको विरुवामा जल अर्पण गर्ने हो भने भगवान विष्णुको कृपा प्राप्त हुन्छ भन्ने विश्वास छ। जुन घरमा तुलसी हुन्छ त्यो घरमा कहिले पनि नकारात्मक शक्तिले बास गर्दैन। तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ।
दैनिक पूजा
हरेक दिन बिहान घरमा स्थापना गरेको मन्दिरमा पूजा आराधना गर्नाले घरमा सधैं सुख समृद्धि रहन्छ भन्ने विश्वास रहि आएको छ। दियोको उज्यालोले घरमा रहेका नकारात्मक उर्जा हट्ने र सकारात्मक शक्तिको बास हुन्छ।