डिसेम्बर महिनामा यी ४ ग्रहले गर्नेछन् राशि परिवर्तन, सबै भन्दा कसलाई लाभ ?

२०२० को अन्तिम महिनामा, चार ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्दैछन्। यी ग्रहहरूको चालको सबै राशिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्छ। यो महिना सूर्य वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गर्नेछ भने शुक्र ग्रह तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्नेछ। त्यस्तै, बुध ग्रह वृश्चिक राशिबाट धनु राशिमा गोचर हुनेछ। र मंगल ग्रह मीन राशिबाट मेष राशिमा जानेछ। यस महिना हुने ग्रहहरूको राशि परिवर्तनको मिति र प्रभावको बारेमा जान्नुहोस् …

शुक्र ग्रह वृश्चिक राशिमा प्रवेश 

भौतिक सुखको कारक शुक्र ग्रह तुल राशिबाट वृश्चिक राशिमा प्रवेश गर्दैछ। ११ डिसेम्बरमा शुक्र ग्रह वृश्चिक राशिमा प्रवेश गर्नेछ र ४ जनावरीसम्म यस राशिमा रहनेछ। प्रेम र रोमान्सका हिसाबले पनि शुक्र अत्यन्त महत्त्वपूर्ण मानिन्छ। शुक्रको वृश्चिकमा राशिमा हुने गोचरले वैवाहिक जीवनमा पनि प्रभाव पार्छ।

सूर्य देव धनु राशिमा 

डिसेम्बर १५ मा सूर्य वृश्चिकबाट धनुमा प्रवेश गर्दै छन्। यस राशिमा सूर्य अर्को वर्षको जनावरी १४ सम्ममा स्थित रहनेछ। सूर्य धनु राशिमा रहनाले सबै राशिमा शुभ प्रभाव पर्नेछ। यस अवधिमा, धनु राशिको जातिको करियरमा परिवर्तन हुनसक्छ। पदोन्नतीको सम्भावना छ। नयाँ काम पनि पाउन सकिन्छ।

बुध ग्रहको धनु राशिमा गोचर 

१७ डिसेम्बरको दिन ग्रहहरूको राजकुमार र बुद्धिको कारक बुध ग्रह धनु राशिमा प्रवेश गर्नेछ। बुध यस राशिमा बुध ५ जनावरी २०२१ सम्म रहनेछ। यहाँ बुध ग्रहले सूर्य ग्रहको साथ संयोजन गरेर बुधादित्य योग बनाउनेछ। बुध ग्रहको राशि परिवर्तनको प्रभावले केही व्यक्तिहरूले करियर र विवाहित जीवनमा सफलता प्राप्त गर्नेछन्। त्यस्तै, केही व्यक्तिको सम्बन्ध सुधार हुन्छ।

मंगल मेष राशिमा 

२४ डिसेम्बरमा मंगल ग्रह मेष राशिमा मार्गी हुनेछ। वैदिक ज्योतिषमा मंगल ग्रह ऊर्जा, भाइ, भूमि, शक्ति, साहस, सामर्थ्य, शौर्यको कारक हो। मंगल ग्रह मेष र वृश्चिकको स्वामी हो। मंगल ग्रहको यस राशि परिवर्तनले मेषमा शुभ प्रभाव पार्नेछ।

प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७१९:३२

राति यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् छिटै हुनेछ धनको वर्षात !