जाडो मौसम शुरू भइसकेको छ। यस मौसममा गोडा फुट्ने समस्या एक ठूलो समस्या हो। जस कारणले खुट्टाको सौन्दर्य कम हुन्छ। जाडोमा खुट्टाको तल्लो भाद अर्थात पैताला पनि फुट्न थाल्छ। चिसो मौसममा तपाईंको खुट्टाको स्याहार गर्नको लागि तपाईं घरेलु फुट मास्क प्रयोग गर्न सक्नुहुनेछ। यो घरेलु फुट मास्क खुट्टा फुट्ने समस्या निको पार्न प्रयोग गरिन्छ। दही र केराको फुट मास्क प्रयोग गरेर खुट्टा फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
फुट मास्क तयार गर्ने तरिका
एउटा पाकेको केरा, एक कप दही, एक चम्चा चिनी, २-३ थोपा ल्याभन्डर तेल, टी ट्री ओएल र एउटा भाँडो। दहीलाई माइक्रोवेभमा तताउनुहोस्। त्यसपछि, दहीमा केरा मिक्स गर्नुहोस्। अब, यसमा चिनी थप्नुहोस्। जब पेस्ट तयार हुन्छ, तेल मिलाएर राम्रोसँग मिक्स गर्नुहोस्। १० मिनेटसम्म त्यत्तिकै राख्नुहोस्। अब खुट्टाको मसाजको लागि यो पेस्ट प्रयोग गर्नुहोस्।
प्रयोग गर्ने तरिका
खुट्टाको मालिश गर्न मनतातो पानीमा कागती र मह घोल्नुहोस् र खुटा यस पानीमा डुबाउनुहोस्। त्यसपछि, पानीबाट खुट्टा निकाल्नुहोस् र तौलियाले खुट्टा सफा गर्नुहोस्। दही र केराबाट तयार फुट मास्क खुट्टामा राम्रोसँग लगाउनुहोस्। मास्क सुकिसकेपछि खुट्टालाई बिस्तारै मालिस गर्नुहोस्। त्यसपछि मास्क हटाउनुहोस्। मास्क हटाएपछि खुट्टा मनतातो पानीले धुनुहोस्। खुट्टा धोईसकेपछि खुट्टामा कोल्ड क्रीम लगाउनुहोस्। यो फुट मास्क हप्तामा दुई देखि तीन पटक प्रयोग गर्नुहोस्, यसले तपाईंको खुटा फुट्ने समस्या समाधान गर्न मद्दत गर्छ।
फाइदा
केरा र दही खुट्टाको सौन्दर्य बढाउन धेरै प्रभावकारी हुन्छ। दहीमा ल्याक्टिक एसिड, अल्फा हाइड्रोक्सी एसिड हुन्छ जसले मृत छालालाई निको पार्न मद्दत गर्दछ। दहीमा एसिडोफिलस ब्याक्टेरिया पाइन्छ जसले खुट्टाको फंगल हटाउन सहयोग गर्छ। केरा छालालाई नरम राख्न लाभदायक हुन्छ।