टोनी फ्रेक्साले यदि आफू बार्सिलोनाको अदस्य भएमा नेइमार अहिलेको समयमा युरोपमा टप ३० खेलाडी मध्य पनि नपर्ने भएकोले उनलाई बार्सिलोना फिर्ता लेराउने सोच नभएको बताएका छन्। उनले नेइमारलाई अहिलेको समयमा युरोपको उत्कृष्ट ३० खेलाडी मध्य नपर्ने बताए।
ब्राजिलियन सुपरस्टारलाई धेरैले संसारकै उत्कृष्ट खेलाडी मध्य एक मान्छन्। तर फ्रेक्सा भने नेइमारको स्पष्ट रुपले प्रशंसक होइनन् र उनले नेइमारलाई बार्सिलोना फर्काउन क्लबको पैसा बर्बाद नगर्ने कुरा बताए।
उनले क्याडेना सेरलाई भनेका छन्: “नेइमार आफ्नो प्रदर्शनका कारण अहिले युरोपका ३० सर्वश्रेष्ठ खेलाडी मध्य पनि छैनन्। यदि म बार्सिलोनाको अदस्य भए भने नेइमारलाई क्लब लेराउने प्रयास पनि गर्ने थिन।”
फ्रेस्का क्याटालुनियाका सबै मानिसलाई बुझाउन उत्सुक थिए कि क्लब कुनै एक खेलाडी भन्दा सधैं ठूलो हुन्छ: “बार्सिलोनाको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बार्सिलोना नै हो। हामी कसै माथि निर्भर छैनौं।”
२०१७ मा रेकर्ड २२२ मिलियन डलरमा बार्सिलोना गएका नेइमार फेरी बार्सिलोना फर्किने खबरले गत सिजनको अन्त्यमा ट्रान्सफर बजार तातेको थियो।