जाडो महिनामा अम्बा खानु हुन्छ फाइदै-फाइदा !

अम्बा फल स्वादिष्ट हुनुका साथै निकै गुणकारी पनि हुन्छ। ज्वरो, अम्लता, कब्जियत आदिमा अंबा सेवन गर्नु निकै फाइदाजनक हुन्छ। अम्बमा भिटामिन सी र क्याल्शियमको मात्रामा प्रचुर हुन्छ। अम्बाको सेवन गर्दा के-कस्ता फाइदा हुन्छन् त? जान्नुहोस्…

पाइल्स 

अम्बाको बोक्रा पाइल्सको उपचारमा निकै लाभदायक हुन्छ। ५-१० ग्राम अम्बाको बोक्राको पाउडर तयार गर्नुहोस्। अब यो पाउडरको काँढा बनाएर सेवन गर्नुहोस्। यसो गर्नाले पाइल्सको समस्याबाट छुटकारा मिल्छ। राम्रो परिणामको लागि पाइल्सका बिरामीहरूले लगातार १ महिनाको लागि यो काँढा पिउनु पर्छ।

ज्वरो 

यदि तपाईलाई उच्च ज्वरो छ र नजिकमा एउटा अम्बाको रूख छ भने चिन्ताको विषय छैन। अम्बाको औषधीय प्रयोग लाभदायक हुन्छ। अम्बाको पातहरू पीसेर यसको रस निकाल्नुहोस् र पिउनुहोस्, यसले ज्वरो कम गर्छ। यसो गर्नाले शरीरको तापक्रम तुरुन्तै घट्छ।

हैजा र झाडापखाला 

झाडापखाला तथा हैजाको लागि पनि अम्बा अत्यन्त लाभदायक हुन्छ। झाडापखाला तथा हैजा भएको समयमा १५ ग्राम अम्बाको जरा एक गिलास पानीमा मिलाएर उमल्नुहोस्। अब थोरै थोरै गरेर दिनको २-३ पटक सेवान गर्नुहोस्। यसो गर्नाले झाडापखाला तथा हैजाबाट राहत मिल्छ।

कब्जियत तथा एसिडिटी 

अम्बाको दाना एसिडिटी कम गर्न धेरै प्रभावकारी हुन्छ। यसको लागि, अम्बाको दाना निकाल्नुहोस् र यसमा गुलाब जल र चिनी वा मिश्री मिस्क गर्नुहोस्। यस मिश्रणको सेवनले एसिडिटी कम गर्छ। त्यस्तै, कब्जियतको समस्या भएकाले दैनिक २ पटक अम्बाको सेवन गर्नुहोस्।

प्रकाशित : शुक्रबार, मङि्सर १२, २०७७१८:०५

जाडो महिनामा वजन बढ्न नदिन यसो गर्नुहोस् !