काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि विभिन्न सङ्कटबाट देशले मुक्ति पाउने नैतिक आधार निर्माण गर्ने बताएका छन्।
पछिल्लो समय देशका विभिन्न स्थानमा राजसंस्था र हिन्दु राज्यको पक्षमा ठूलो संख्यामा प्रदर्शन हुन थालिरहेको अवस्थामा राप्रपा अध्यक्षको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो।
देशका विभिन्न स्थानमा राजसंस्था र हिन्दु राज्यको पक्षमा प्रदर्शन बढेसँगै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ ? भन्ने प्रश्न सोध्न थालिएपछि थापाले ट्वीटर मार्फत हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधान गर्ने भन्दा पनि नैतिक आधार निर्माण हुने बताएका छन्।
राजसंस्था र हिन्दु राज्य आएमा योग्य र इमान्दार व्यक्तिहरुले कामको अवसर पाउने उनको भनाई छ। राजसंस्था र हिन्दु राज्य पुनःस्थापना पश्चात जादुगरी शैलीमा देशले मुक्ति नपाए पनि सकारात्मक परिवर्तन हुने उनको विश्वास छ।
“कतिपयले सोध्छन्-हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ? हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधानगर्ने होइन। त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ। राम्रो कामका निम्ति योग्य-इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ।”,थापाले ट्वीटरमा लेखेका छन्।
कतिपयले सोध्छन्-हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउंछ?हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधानगर्ने होइन,त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ।राम्रो कामको निम्ति योग्य/इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउंछ
— Kamal Thapa (@KTnepal) November 27, 2020