काठमाडौँ – शुक्रबार भारतीय सेनामा कार्यरत एक नेपालीको निधन भएको छ। शुक्रबार बिहान भएको आ’तंककारी ह’मलामा भारतीय सेनामा कार्यरत एक नेपालीको निधन भएको हो।
निधन हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसी रहेका छन्। जम्मु कास्मिरमा कार्यरत केसी शुक्रबार बिहान ५ बजे आसपासको समयमा ह’मलामा परेको र अस्पताल लैजानेक्रममा निधन भएको बताइएको छ।
बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो’ली लागेको भनेर खबर दिएको भएपनि प्रेमका साथीहरूसंग बुझ्दा निधन भइसकेको थाहा भएको परिवारजनले बताएका छन्।
शुक्रबार ज्यान गुमाउने प्रेमका बुवा लालबहादुर केसी पनि रिटायर्ड भारतीय सेना रहेका छन्। निधन भएका प्रेमको शव लिन उनी घरबाट हिडिसकेको बताइएको छ।
शुक्रबार ज्यान गुमाउने केसीका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्। प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो ।