एजेन्सी – बायर्न म्युनिखका एरिक मैक्सिम चौपो-मोटिंगले आफ्ना क्लबका फरवार्ड फरवार्ड रोबर्ट लेवान्डोस्की विश्वकै सर्वोत्कृष्ट ‘फिनिसर’ रहेको बताएका छन्।
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट यस वर्ष मात्रै बायर्न आइपुगेका एरिकले वर्तमान अवस्थामा रोबर्ट लेवान्डोस्की विश्वकै सर्वोत्कृष्ट ‘फिनिसर’ रहेको दावी गरेका हुन्।
एक मिडियासंग कुराकानी गर्नेक्रममा उनले प्रशिक्षण र खेलमा लेवान्डोस्कीले देखाइरहेको प्रदर्शनले आफू धेरै नै प्रभावित भएको बताए। पिएसजीमा किलियन एम्बाप्पे र नेयमार सँगै खेलिसकेका एरिकले लेवान्डोस्की नेयमार र एम्बाप्पे भन्दा पनि उत्कृष्ट रहेको बताए।
उनका अनुसार लेवान्डोस्की नेयमार र एम्बाप्पे भन्दा पनि राम्रो ‘फिनिसर’ हुन्। मैदानमा हुँदा बल माथि लेवान्डोस्कीको नियन्त्रण देखेर आफू धेरै नै प्रभावित भएको उनको भनाई छ।
युरोपको उत्कृष्ट खेलाडीको रुपमा रहेका लेवान्डोस्की विश्वकै पनि उत्कृष्ट रहेको उनले दावी गरे। लेवान्डोस्कीसँग छोटो समयमै आफ्नो राम्रो सम्बन्ध विकसित भएको पनि उनले जानकारी गराए।
“उनलाई त्यतिकै युरोप वर्ष खेलाडी घोषणा गरिएको होइन। मैले प्रशिक्षणमा जे देखें त्यसले मलाई धेरै प्रभावित गरेको छ। उनीबाट सिक्न सकिने धेरै कुरा छन्।”,उनले भने,”हालको अवस्थामा उनी जतिको राम्रो फिनिसर कोहि छैन।”