सकेसम्म यस्ता समस्या भएकाहरुले चुकन्दरको प्रयोग नगरेकै राम्रो !

कुनै पनि  फलफुल तथा साग र सब्जीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। चुकन्दर यानकी यसलाई अंग्रेजीमा (बीटरुट)  पनि भन्ने गरिन्छ। यसको सेवन स्वास्थ्यका लागि अति नै फाइदाजनक रहेको छ।  तर आवश्यकता भन्दा बढी चुकन्दरको सेवन स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ , कसरी आउनुहोस हेरौं

मृगौलाको पत्थरी

चुकन्दरमा अक्सालेट अत्यधिक मात्रामा पाइन्छ।  जुन शरीरमा पत्थरी बन्ने महत्वपुर्ण कारण हो। त्यसैले किड्नीमा पत्थरीको समस्या भएकाले सकेसम्म चुकन्दरको कम सेवन गर्नु पर्दछ।

बीटुरिया

अत्याधिक मात्रामा चुकदंर खानाले युरिनको कलर रातो हुन्छ।  जसलाई अंग्रेजीमा बीटूरिया भन्ने गरिन्छ।  यो कुनै गम्भीर समस्या त होइन तर दैनिक युरिनको कलर डार्क कलरको हुनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ।  त्यसैले यस्तै समस्याबाट बच्नका लागि चुकन्दरको सेवन कम गर्नु पर्छ।

गर्भवती महिला

सकेसम्म गर्भवती महिलाले चुकन्दर सेवन गर्नबाट बच्नु पर्छ जुन आमा र बच्चा दुबैको लागि हानिकारक छ।  एक अध्ययनका अनुसार यसको सेवनले पेटमा भएको बच्चामा नकारात्मक प्रभाव पर्न जान्छ।

स्किन एलर्जी

केहि मानिसहरुमा चुकन्दरको अधिक सेवनले स्किन एलर्जी हुने समस्या हुन्छ।  त्यसैले चुकन्दरको सेवन सिमित मात्र गर्नु आवश्यक छ।

क्याल्सियमको कमि

चुकन्दरको रसले शरीरमा क्याल्सियमको मात्रा  कम गर्दछ।  जुन दैनिक चुकन्दरको रस सेवन गर्नाले हुने गर्दछ।  हप्तामा ३/४ पटक चुकन्दरसंग गाजरको जुस मिसाई पिउने गरेको खण्डमा भने बिशेष फाइदा हुने देखिन्छ।

ब्लड शुगर

ब्लड सुगरले प्रभावित व्यक्तिहरुका लागि चुकन्दरको सेवन डाक्टरको सल्लाह अनुसार गर्नु हुदैन। चुकन्दरमा पाइने ग्लिसेमिक तत्वले  शरीरको ब्लड सुगर बढाउछ।

लो ब्लड प्रेसर

चुकन्दरको सेवनले शरिरमा भएको रगत पातलो बनाउने काम गर्छ।  त्यसैले ब्लड प्रेसर कम भएकाहरुका लागि पनि चुकन्दरको सेवन हानिकारक साबित हुन सक्छ।

प्रकाशित : शनिबार, मङि्सर १३, २०७७१९:३८

नरिवलको तेलसँग यी चिज मिलाएर कपालमा लगाउनुहोस्, मिल्नेछ यस्ता चमत्कारिक फाइदा !