सोमबार भगवान शिव को दिन हो। त्यसैले सोमबार भगवान शिवको पूजा गरिन्छ। सोमबारको उपवास पनि शिवलाई समर्पित छ। शिव जीलाई भगवानको पनि भगवान मानिन्छ। भनिन्छ, संसारको नकारात्मक शक्तिको नष्ट गर्ने भगवान शिव आफ्ना भक्तहरूसँग चाँडै प्रसन्न हुन्छन्। सोमबारको दिन भगवान शिवको पूजा गर्नाले भक्तहरूको कष्ट दूर हुने विश्वास रहिआएको छ। सोमबारको व्रत वैवाहिक जीवन सुखमय रहोस् भन्ने मनोकामनाका साथ राखिन्छ।
भगवान शिवको पूजामा अर्पण गर्नुहोस् यी चिज
सोमबारको दिन भगवान शिवको पूजा गर्दा चन्दन, बेलपत्र, अक्षेता, धतुरो, दुध, गंगजल चढाउनुहोस्। यी चिज चढाउँदा शिव जी छिटै प्रशन्न हुनुहुन्छ र भक्तमा सधैं उहाँको कृपा रहन्छ।
सोमबार, भगवान शिवलाई घीउ, चिनी, गहुँको पीठोबाट बनेको प्रसाद चढाउनु पर्छ। यस पछि, धूप, बत्तीले आरती गर्नुहोस् र प्रसाद वितरण गर्नुहोस्। यो गर्नाले शिवले तपाईं माथि शिव जीको आशिष् रहन्छ र तपाईका सबै कष्टहरू दूर हुनेछ।
यदि सोमबारको दिन भगवान शिवको साँचो मनले पूजा गर्यो भने सबै संकष्टहरू दूर हुने र सबै मनोकामना पूरा हुन्छन् भन्ने विश्वास छ। भगवान शिवलाई प्रसन्न पार्न सोमबार बिहान नुहाएर भगवान् शिवको पूजा गर्नुहोस्।
यस मन्त्रको जप गर्नुहोस्
सोमबार १०८ पटक महामृत्युंजय मन्त्र जप गर्दा तपाईंमा भगवान शिवको विशेष अनुग्रह रहनेछ। सोमबार शिवलिङ्गमा गाईको काँचो दुध अर्पण गर्नुहोस्।
चन्द्र ग्रह शान्तिको लागि गर्नुहोस् यस्तो उपाय
सोमबार नुहाए पछि सेतो रंगको लुगा लगाउनु पर्छ। आमाको सेवा गर्नुहोस्। खाँचोमा परेका मानिसहरूलाई यस दिन सेतो रंगको खाद्य सामग्री दान गर्नुहोस्। यो उपाय गर्नाले तपाईको जन्मकुण्डलीमा चन्द्र ग्रहको स्थिति सुदृढ हुनेछ।