नोभम्बर ३० मा वर्षको अन्तिम चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण उपछायाँ चन्द्रग्रहण हुनेछ। विज्ञानमा ग्रहणलाई खगोलीय घटनाको रूपमा हेरिन्छ। जबकि धार्मिक र ज्योतिषी दृष्टिकोणबाट हेर्ने हो भने ग्रहणलाई अशुभ मानिन्छ। जान्नुहोस् यस वर्षको अन्तिम चन्द्रग्रहण सम्बन्धि सबै जानकारी…
कुन समय लाग्दैछ चन्द्रग्रहण
उपछायाँको पहिलो स्पर्श- बिहान १ बजेर ४ मिनेटमा
पारामग्रास- अपरान्ह ३ बजेर १३ मिनेटमा
उपछायाँको अन्तिम स्पर्श- साँझ ५ बजेर २२ मिनेटमा
कुन राशि र नक्षत्रमा लाग्दैछ ग्रहण
ज्योतिष गणनाको अनुसार चन्द्रग्रहण वृष राशि र रोहिणी नक्षत्रमा हुनेछ जसको कारण ग्रहणको सर्वाधिक प्रभाव वृष राशिका मानिसहरुमा देखिनेछ। ज्योतिष गणनाको अनुसार वृष राशिका मानिसहरूले ग्रहणको क्रममा विशेष ध्यान राख्नु पर्छ।
कहाँ कहाँ देखिनेछ त ग्रहण ?
वर्षको अन्तिम चंद्र ग्रहण एशियाका केही देशहरूका साथै अमेरिकाका केही भागहरूमा पनि देख्न सकिन्छ। त्यस्तै, यो अष्ट्रेलिया र प्रशान्त महासागर क्षेत्रमा पनि देखा पर्नेछ। नेपालमा भने यो ग्रहण देखिने छैन।
सूतकको समय
ज्योतिया गणनाका अनुसार यस पटकको चन्द्रग्रहणमा सूतक काल मान्य हुने छैन। वास्तवमा, यो उपछायाँ चन्द्रग्रहण हो। तसर्थ, सूतक अवधि हुने छैन। सामान्य चन्द्रग्रहणमा सूतक ग्रहणको ९ घण्टा अघि लाग्छ र ग्रहण समाप्त भएसँगै समाप्त हुन्छ।
के हो त उपछायाँ चन्द्रग्रहण ?
उपछायाँ चन्द्रग्रहण यस्तो अवस्थालाई भनिन्छ जब चन्द्रमामा पृथ्वीको छाया नभएर उपछाया मात्र पर्छ। यसमा चन्द्रमामा एक धमिलो छाया देखा पर्छ।