चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्।
नेपाल विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ परेका हुन्। अहिले उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।
चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको छ।