काठमाडौं उपत्यकामा भोलिबाट कोरोनाको मास परीक्षणको तयारी !

सरकारले काठमाडौँ उपत्यकाका हट स्पट क्षेत्रलाई लक्षित गरेर कोरोना भाइरसको मास परिक्षण सुरु गर्ने भएको छ। स्थानीय पालिकाको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट परिक्षण सुरु गर्ने भएको हो।

काठमाडौँका मुख्य प्रभावित क्षेत्र: कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका स्थानमा परिक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेले जानकारी दिए। उनका अनुसार पछिल्लो समय कोरोना संक्रमितहरु सरकारको सम्पर्कमा आउन कम भएपछि मास परिक्षणलाई प्राथमिकता दिइएको हो।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७१७:०३

“सरकार कुनै पनि हालतमा परिवर्तन हुँदैन”