मेस्सी भर्सेस रोनाल्डो: म्याराडोनाको नजरमा को उत्कृष्ट ?

स्वर्गीय फुटबल खेलाडी डिएगो म्याराडोनाले मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट भन्ने दशक पुरानो विवादमा निकै चलाखीपूर्ण उत्तर दिँदै दुबै खेलाडीको तारिफ गरेका थिए।

स्वाभाविक रूपमा, उनले आफ्नै देशका मेस्सीको पक्ष लिए तर उनले रोनाल्डो अर्जेन्टिनाका भएको भए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्दै रोनाल्डोलाई ग्याब्रियल बाटिसटुटासँग तुलना गरे। “म क्रिस्टियानो रोनाल्डोलाई भन्दा मेस्सीलाई प्राथमिकता दिन्छु तर म स्वीकार गर्छु कि रोनाल्डो निकै उत्कृष्ट छन्।” म्याराडोनाले भने।

“म चाहन्छु कि रोनाल्डो अर्जेन्टिनी हुन्थ्यो। ऊ अतुल्य छ। उसले मलाई ग्याब्रियल बाटिसटुटाको याद दिलाउँछ। उनले बललाई छुने बित्तिकै त्यो गोल हुन्छ।” रोनाल्डोको बारेमा थप बोल्दै उनले थपे: “मैले देखेका थोरै खेलाडीहरूमध्ये सबैभन्दा उत्कृष्ट [अल्फ्रेडो] डि स्टिफानो, [जोहान] क्रुइफ, मेस्सी र क्रिस्टियानो रोनाल्डो हुन्।”

“मलाई सम्झना छैन कि लियोनेल मेस्सीले कहिले नराम्रो खेल खेलेको थियो,” अर्मान्ड़ो म्याराडोनाले भने। “मेस्सी साँच्चै नै जादु हुन्। मेस्सी अर्जेन्टिनी भएकोमा हामी सबै अर्जेन्टिना बासी गर्व गर्छौं।”

म्याराडोना त अब यो संसारमा रहेनन्। तर उनको खेल र नाम सधैँ फुटबल जगतमा अमर रहन्छ।0

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७१७:५७

तेह्रौँ सागको एक वर्षपछि खर्च विवरण सार्वजनिक !