आज आइतबार जप गर्नुहोस् सूर्यदेवका यी मन्त्र, मिल्नेछ अपार सफलता !

ज्योतिषमा सूर्यलाई धेरै महत्त्वपूर्ण मानिन्छ। सूर्यको प्रकाशको कारण नै जीव-जन्तु प्राणी बोट-विरुवाले जीवन प्राप्त गर्छन। सूर्यको कारणले नै प्रकृतिमा सन्तुलन छ। सूर्यको धार्मिक, आध्यात्मिक र ज्योतिषीय महत्वका साथै वैज्ञानिक महत्त्व पनि छ। धर्म र ज्योतिषीका अनुसार आइतबार सूर्यलाई समर्पित छ। सूर्य देवको पूजा गर्दा प्रसिद्धि, मान-सम्मान तथा कार्य सफलता प्राप्त हुन्छ। सूर्यलाई पिताको कर्म भावको स्वामी मानिन्छ।

कुण्डलीमा सूर्यलाई बलियो राख्न बुबाको सम्मान गर्न धेरै महत्त्वपूर्ण छ। ज्योतिषका अनुसार जहाँ कुण्डलीको बलियो सूर्यले तपाईंलाई सबै पक्षबाट सफलता दिन सक्छ, कुण्डलीमा अशुभ सूर्यले बुबा र छोराहरूबीचको सम्बन्धमा फाटो ल्याउन सक्छ। सूर्यबाट पीडित व्यक्तिलाई रक्तचाप, नङ, मुटुसँग सम्बन्धित रोगहरू हुनसक्छ। जब सूर्य कमजोर हुन्छ, तपाईंको मान-सम्मानमा आँच आउनसक्छ, त्यसैले कुण्डलीमा सूर्य मजबूत हुनु आवश्यक हुन्छ। तपाईं केहि मन्त्र जप गरेर सूर्यलाई बलियो बनाउन सक्नुहुन्छ।

सूर्य मन्त्र 

ओम् सूर्याय नम:। 

तपाईंले आइतबार सूर्यको समक्ष यो मन्त्र जप गर्नुपर्छ। यसले तपाईंको सूर्यलाई बलियो बनाउँदछ। भगवान सूर्य नारायण प्रसन्न हुन्छन्।

सूर्यको वेदोक्त मंत्र

ऊँ आकृष्णेनेति मंत्रस्य हिरण्यस्तूपऋषि, त्रिष्टुप छनद:
सविता देवता, श्री सूर्य प्रीत्यर्थ जपे विनियोग: ।

मंत्र : ऊँ आ कृष्णेन राजसा वत्र्तमानों निवेशयन्नमृतं मत्र्य च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन् ।

सूर्य गायत्री मन्त्र 

1.ऊँ आदित्याय विदमहे प्रभाकराय धीमहितन्न: सूर्य प्रचोदयात् ।
 2.ऊँ सप्ततुरंगाय विद्महे सहस्त्रकिरणाय धीमहि तन्नो रवि: प्रचोदयात् । 

अर्थ मंत्र ‘ऊँ एहि सूर्य ! सहस्त्रांशो तेजोराशि जगत्पते । 
करूणाकर में देव गृहाणाध्र्य नमोस्तु ते ।

सूर्य गायत्री मन्त्र जपले आत्म शुद्धि, आत्म-सम्मान, मनको शान्ति प्रदान गर्दछ।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७१४:५७

भोलि लाग्दैछ सन् २०२० को अन्तिम चन्द्रग्रहण, यस राशिको लागि अशुभ !