जोखिम भत्ताको माग गर्दै स्वास्थ्यकर्मीद्वारा वीर अस्पताल तालाबन्दी !

वीर अस्पतालका स्वास्थ्यकर्मी एवम कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन्। जोखिम भत्ता तथा नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा रहेका अस्पतालका स्वास्थ्यकर्मी एवम कर्मचारीले ४२ दिनसम्म आफ्नो माग पूरा नभएको भन्दै अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका हुन्।

आन्दोलनको ४२ दिन पुग्दासम्म पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो माग सम्वोधन नगरेको भन्दै डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य भएको अस्पतालका कर्मचारी तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्यले जानकारी दिए। उनका अनुसार नेपाल स्वास्थ्यकर्मी संघको आज बसेको बैठकले पदाधिकारीको कक्षमा आजै तालाबन्दी गर्ने निर्णय गरेको छ।

तालाबन्दी भएपनि सबै प्रकारका स्वास्थ्य सेवा पनि संचालन हुने अध्यक्ष आचार्यले बताए। ४२ दिनयता दैनिक रुपमा अस्पताल परिसरमा स्वास्थ्यकर्मीले धर्नासहित नाराबाजी गर्दै आएका छन्।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७१५:३२

धाँधली भयो भन्दै ट्रम्पले दिएको निवेदन फेरी खारेज !