शेयर बजारमा नयाँ रेकर्ड, एकै दिन ९ अर्ब २२ करोडको कारोबार !

हप्ताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से आइतबार ७५ अंक भन्दा धेरैले बढेको छ।

आताबार ७५।२ अंकको वृद्धिसँगै नेप्से १९६६ अंकमा पुगेको छ। यो नेपालको शेयर बजार इतिहासको अहिलेसम्म कै उच्च अंक हो। यसअघि बिहीबार १८९३ अंकको रेकर्ड बनेको थियो।

नेप्सेमा उच्च वृद्धि भइ रहँदा कारोबार रकममा पनि उच्च वृद्धि भएको छ। आइतबार मात्र ९ अर्ब २२ करोड बराबरको २ करोड ५९ लाख ४५ हजार कित्ता शेयर कारोबार भएको छ। यो शेयरबजारमा अहिलेसम्मकै धेरै कारोबार रकम हो । यसअघि मंसिर ११ गते ७ अर्ब ६१ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो ।

आइतबार वाणिज्य बैंकहरु (बैंकिङ समूह) को शेयर ११२ अंकले बढेको छ भने विकास बैंक समूह १७३, जलविद्युत २६, फाइनान्स १२, अन्य ०.२५, माइक्रोफाइनान्स २७, जीवन बीमा समूह २४५ अंकले बढेका छन्।

त्यस्तै, निर्जीवन बीमा समूह ४५, उत्पादन ३७, ब्यापार ३५ र होटल समूह ७ अंकले घटेका छन्।

यस दीनम सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको ४० करोड, नविलको ३३ करोड, प्रभुको ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७१६:२६

लगातार घटिरहेको सुनको मूल्य एक्कासी बढ्यो ! कति ?