थप एक हजार २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – थप एक हजार २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १२ हजार ५९० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४०४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ९०९ सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा ५४८ सङ्क्रमित थपिए

काठमाडौँ उत्यकामा थप ५४८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ५९६ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४२२, ललितपुरका ६१ तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

कोरोनाबाट थप २५ जनाको मृ-त्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जनाको मृ-त्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार १९ कोरोना सङ्क्रमितको मृ-त्यु भएको थियो ।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७२०:००

आज शिख धर्मका प्रवर्तक गुरुनानक जयन्ती