काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको टिकटक एकाउन्ट संचालनमा आएको छ। पछिल्लो समय विश्वभर चर्चित बनेको भिडियो शेयर गर्ने एप टिकटकमा प्रधानमन्त्री ओलीको एकाउन्ट खोलिएको हो।
आइतबारबाट संचालनमा आएको केपी ओलीको एकाउन्ट भेरिफाइड पनि भइसकेको छ। प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ।
ओलीको पहिलो टिकटक भिडियो सन्देश मार्फत मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको जानकारी गराइएको छ।
ओलीको पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ,”मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ”
टिकटक एकाउन्ट खोलेको एक दिन नपुग्दै उक्त एकाउन्टलाई ३ हजार ६ सय भन्दा बढीले फलो गरिसकेका छन्। आइतबार अपलोड भएको भिडियो २ लाख भन्दा बढीले हेरिसकेका छन् भने १५ हजार भन्दा बढीले भिडियो लाइक गरेका छन्।
@kpsharmaoli_officialWe are working on service integration #digitalnepal
@kpsharmaoli_official We are working on service integration digitalnepal