जब मेस्सीले ‘ह्याण्ड अफ गड’ स्टाइल मै म्याराडोनालाई श्रद्धांजलि दिन खोजे …

लियोनल मेस्सी र उनका बार्सिलोनाका टीमका साथीहरूले आइतबार ओसासुना विरुद्धको खेलअघि गत साता मात्र निधन भएको दिएको म्याराडोनाको सम्झनामा शोक व्यक्त गरे। म्याराडोना (जसले बार्सिलोनाका लागि १९८२-१९८४ सम्म खेले) को गत साता मात्र हृदयघातका कारण निधन भयो।

 

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यस हप्ता सोशल मिडियामा माराडोनालाई श्रद्धांजलि अर्पण गर्दै लेखेका छन्: “यो सबै अर्जेन्टिनी र फुटबलको लागि अत्यन्त दु: खको दिन हो। म्याराडोनाले हामीलाई छोडेर गए तर छोडेनन्, किनभने डिएगो अनन्त छ। मैले उहाँसँगै बिताएका सबै क्षणहरू सधैं सम्झनेछु र म उनका सबै परिवार र साथीहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु।”

मेस्सी त्यसपछि आइतबार लालिगामा ओसासुना विरुद्धको खेलअघि माराडोना प्रतिको श्रद्धांजलिमा सामेल थिए। खेलको पहिलो गोल बार्सिलोनाका मार्टिन ब्रेथवेटले गरे तर धेरैले सोचेका थिए कि मेस्सीले सुरुमा बललाई हातले नेटमा गोल गरेका थिए। रेप्लेले देखायो कि उक्त ब्रेथवेटले गरेका थिए। तर मेस्सी माराडोनाको प्रसिद्ध ह्याण्ड अफ गड गोलको रिक्रिएसन गर्न निकै नजिक थिए।

सायद ३३ वर्षीय अर्जेन्टिनीले बल हावामा हुँदा आफ्नो हात उचालेर हातले नै गोल गर्ने ठानेका थिए। तर आफ्नो भित्री माराडोना जगाउनु भन्दा मेस्सीले खेलको राम्रो सोचे र हातले बल छोएनन्।

अन्तत: मेस्सीले बार्सिलोनाको लागी चौथो गोल गोल गरे र उनले माराडोनाको नेवेलस् ओल्ड ब्वाईजको जर्सी देखाउँदै स्वर्गीय म्याराडोनालाई श्रद्धांजलि अर्पण गरे।

प्रकाशित : सोमबार, मङि्सर १५, २०७७१८:४६

मेस्सीका कारण बार्सिलोनालाई ४ लाख चुना लाग्यो !