“मेस्सी बार्सिलोना भन्दा अरु क्लबमा खेल्न सक्दैनन्, रोनाल्डो जहाँ पनि जम्छन्”

लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डो ? यो बहस एक दशकदेखि चल्दै आएको छ।

प्राय: रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड वा युभेन्टसका प्रशंसकले रोनाल्डो भन्छन् भने बार्सिलोनाका समर्थक मेस्सीको पक्षमा हुन्छन्। त्यस्तै, बार्सिलोनासँग सम्बन्धित खेलाडी जस्तै ग्यारी लिनेकर, रोनाल्डिन्हो जस्ता व्यक्ति मेस्सीको पक्षमा देखिन्छन् भने रियल म्याड्रिडका पूर्व खेलाडी वा रोनाल्डोसँग सम्बन्धित व्यक्ति जस्तै मेसुट ओजिल, रोए किन जस्ता व्यक्ति रोनाल्डोलाई अब्बल मान्छन्।

सर एलेक्स फर्ग्युसनको रोनाल्डोसँग पक्कै पनि निकै निकट सम्बन्ध छ किनकि यो रोनाल्डो सायद फर्ग्युसनले प्रशिक्षण गरेका सबैभन्दा महान र उत्कृष्ट खेलाडी हुन्। तर जब महान युनाइटेड प्रशिक्षकलाई १९९१ को विश्व स्नूकर च्याम्पियन जोन प्यारोटले २०१५ मा रोनाल्डो र मेस्सी बीच छनौट गर्न आग्रह गरे, उनले उत्तम प्रतिक्रिया प्रदान गरे।

“मान्छेहरु भन्छन् कि संसारको सर्वश्रेष्ठ खेलाडी को हो? र धेरै व्यक्तिले मेस्सी भनेका छन् – तपाईं यस धारणामा विवाद गर्न सक्नुहुन्न,” फर्ग्युसनले भने। “तर रोनाल्डो मिलवाल, क्वीन्स पार्क रेंजर्स, डोनकास्टर रोभर्स जुन क्लबबाट खेल्दा पनि ह्याट्रिक गर्न सक्छन्। म पक्का भन्न सक्दिन कि मेस्सीले यो गर्न सक्छन्” उनले भने।

फर्ग्युसनले थप भने,”रोनाल्डो दुबै खुट्टाका साथ उत्तिकै प्रभावकारी छन्, ऊ छिटो छ, एरियल क्वालिटी उत्कृष्ट छ र ऊ बहादुर छ- पक्कै मेस्सी पनि बहादुर छन्। तर मलाई लाग्छ मेस्सी बार्सिलोना टाइपको खेलाडी हुन्।”

प्रकाशित : सोमबार, मङि्सर १५, २०७७१८:४५

जब मेस्सीले ‘ह्याण्ड अफ गड’ स्टाइल मै म्याराडोनालाई श्रद्धांजलि दिन खोजे …