जम्मुमै सेलायो प्रेमको बुलेट बाइक चढ्ने सपना !

दाङ – २ वर्षदेखि भारत पाकिस्तान सीमा क्षेत्र जम्मुमा खटिएका भारतीय सेना दाङको तुलसीपुरका प्रेम केसी मंसिर २१ गते (डिसेम्बर ६ तारेख)मा घर आउने तयारीमा थिए। १० महिनाअघि विदामा आएर फर्किएका उनले यसपालि घर आउँदा नयाँ मोटरसाइकल (बुलेट) चढ्ने सपना बुनेका थिए। त्यसका लागि उनले उक्त बाईक बुक गर्न परिवारलाई अनुरोध समेत गरे परिवारले मंसिर ९ गते प्रेमकै लागि उक्त मोटरसाइकल खरिद गरिदिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

घरमा आएर बुलेट मोटरसाइकल चढ्ने प्रेमको सपना भने जम्मुमै खरानी बन्यो। मोटरसाइकल किनेको तीन दिनपछि उनको जम्मुमा आ’तंककारी ह’मला’मा परि निधन भयो। ‘घरमा भएको पल्सर मोटरसाइकल बेचेर बुलेट मोटरसाइकल चढ्ने हो भनेको थियो र उसले भने अनुसार उक्त मोटरसाइकल किनेर ल्याइदिएको थिएँ,’ उनका बाबु लालबहादुरले भने, ‘बाइकको फोटो खिचेर पनि पठाइदिएँ, तर छोराले बाइक चढ्न नपाएरै संसार छाड्नुप-याे।’

११ गते बेलुका प्रेमको परिवारका सदस्यसंग भिडियो संवाद भएको थियो। उनले २१ गते (६ तारेख)मा आफू घर आउने खवर सुनाएर परिवारलाई खुसी बनाएका थिए। बुलेट मोटरसाइकल खरिद गर्न लगाएका प्रेमको भविष्यको ईच्छा भने कार खरिद गर्ने थियो। उनले ११ गतेको भिडियो संवादमा परिवारका सदस्यलाई घरको गेट फराकिलो पार्न सुझाएका थिए। ‘अब गाडी किन्ने हो, सानो गेटमा गाडी छिर्दैन,’ उनको भनाइ उदृत गर्दै उनका बाबु लालबहादुरले भने। तर अर्को दिन बिहान साढे ५ बजे उनको ड्युटिमा खटिएका बेला गोली लागी मृ’त्यु भयो।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७०९:१२

थप चर्कियो नेकपा विवाद !