लगातार घटिरहेको सुनको मूल्य एक्कासी बढ्यो ! कति ?

काठमाडौँ – मङ्सिर महिना लागेसँगै घट्न थालेको सुनको मूल्य मङ्गलबार बढेको छ। मङ्सिर एक गतेपछि सोमबार सम्म ५ हजार भन्दा बढीले घटेको सुनको मूल्य मंगलबार बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य तोलामा ५ सयले बढेको छ। जससँगै छापवाला सुनको मूल्य ९० हजार ५ सय कायम भएको छ।

मङ्गलबार तेजाबी सुनको मूल्य पनि तोलामा ५ सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९० हजार ५० रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अगाडी सोमबार सुनको मूल्य असार ५ गते यताकै सस्तो कायम भएको थियो। सोमबार १ सय ६४ दिन यताकै सस्तो भएको छापावाला सुनको मूल्य ९० हजार रुपैंया कायम भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैंयामा कारोवार भएको थियो।

यस्तै मङ्गलबार चाँदीको मूल्य समेत बढेको छ। आज चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेको छ । सोमबार प्रतितोला रु एक हजार १ सय २० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १ सय ५५ मा खरीदबिक्री भएको छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१०:५९

आज कुन देशको मुद्राको विनियमदर कति ? हेर्नुहोस नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर !