रियल म्याड्रिडले एम्बाप्पे किन्न सक्दैन !

किलियन एम्बाप्पे अहिले फुटबल जगतको चर्चित नाम हो। २१ वर्षको उमेरमा नै विश्व फुटबल जगतमा आफ्नो नाम स्थापित गर्न सफल उनले छोटो खेल जीवनमा धेरै सफलता हासिल गरिसकेका छन्। विश्वकप विजेता एम्बाप्पेले फ्रेन्च लिगको उपाधि पनि जितिसकेका छन्।

ट्रान्सफर मार्केटमा सबैभन्दा माग रहेको खेलाडीमा पर्छन् किलियन एम्बाप्पे। रियल म्याड्रिड, बार्सिलोना, लिभरपुल जस्ता क्लब उनलाई भ्त्राउन आतुर छन्। एम्बाप्पे पीएसजीबाट स्पेनिस महारथी रियल म्याड्रिड जाने धेरैको अनुमान छ। रियल म्याड्रिड पनि गत सिजनबाट नै २०२१ मा एम्बाप्पेलाई क्लब भ्त्राउने तयारी गरिरहेको छ।

तर एक रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई किन्न नसक्ने खबर आएको छ। ले पेरिजियनका अनुसार कोरोना भाइरस महामारीको कारण रियलमा आर्थिक संकट रहेकोले २०२१ को समर ट्रान्सफर विन्डोमा म्याड्रिडले एम्बाप्पेलाई किन्न नसक्ने बताइएको छ।

एम्बाप्पे लामो समय देखि नै रियलको प्राथमिकता भएपनि कोरोनाभाइरस महामारीको कारण क्लबमा ठूलो घाटा परेको कारण क्लबले किलियनको लागि ठूलो रकम खर्च गर्न सक्दैन।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१९:३५

कोहलीले तोडे सचिनको कीर्तिमान !