काठमाडौँ – मङ्गलबारको लागि तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ ।
यस अगाडी पार्टी मुख्यालय धुम्बाराईमा गरी तय गरेको भएपनि सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको हो। मङ्गलबार अन्तिम समयमा आएर बैठक बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको नेकपा श्रोतले जनाएको छ।
नेकपा श्रोतका अनुसार सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएसँगै सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको हो।
सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जानकारी गराइसकेको बुझिएको छ।
नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चलिरहेको विवादका बीच मङ्गलबार १ बजे पार्टीको सचिवालय बैठक बस्दै छ।
मङ्गलबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ।