शनि दोषबाट छुटकारा पाउन यस दिन भुलेर पनि नकिन्नुहोस् यी ४ चिज !

शनिबार शनिदेवको पूजा गर्ने विधान रहेको छ। यस दिन मानिसले शनि दोषबाट जोगिन र शनिको अनुग्रह प्राप्त गर्न धेरै उपाय गर्छन्। कसैले शनिदेवलाई तेल अर्पण गर्छन् त कसैले शनि ग्रहसँग सम्बन्धित चीजहरू दान गर्छन्। वास्तवमा, जसको जन्मकुण्डलीमा शनि दोष छ, उनीहरुले धेरै समस्याहरुको सामना गर्नुपर्छ। त्यस्तै, शनिको कृपा रहेको मानिसले भने अपार सफलता प्राप्त गर्छ।

 

त्यसकारण, ज्योतिषशास्त्रमा शनि महाराजको कृपा प्राप्त गर्न र शनि दोषबाट मुक्त हुन शनिबार गर्ने केहि उपायहरू उल्लेख छन्। शनिको प्रकोपबाट बच्न यी ४ चीजहरू शनिबार किन्नु हुँदैन।

फलामको सामान 

शनिबार फलामका सामानहरू किन्नु हुँदैन। यसो गर्नाले शनि क्रोधित हुन्छन्। यस दिन, फलामले बनेका चीजहरू दान गर्नु शुभ मानिन्छ। यस दिन, विशेष ध्यान राख्नु पर्छ घरमा फलामले बनेका सामानहरू किनेर लेराउनु हुँदैन। तपाईं शनिबार बाहेक कुनै पनि दिनमा फलामका सामानहरू किन्न सक्नुहुन्छ।

नुन 

शनिबार नुन किन्न हुँदैन। शनिबार नुन खरीद गर्दा ऋणको बोझ बढ्छ भन्ने विश्वास छ। ज्योतिषशास्त्रका अनुसार यदि तपाई ऋणको बोझबाट मुक्त हुन चाहनुहुन्छ भने शनिबारको दिन भुलेर नुन नकिन्नुहोस्।

कालो तिल

शनिबार कहिल्यै कालो तिल नकिन्नुहोस्। यो विश्वास गरिन्छ कि यस दिन कालो तिल किन्दा कार्यक्षेत्रमा बाधा पुर्‍याउँछ। शनि दोष हटाउन शनिबार कालो तिल दान गरेर पीपलको रूखमा चढाउने नियम छ।

कालो जुत्ता

यदि तपाईं कालो जुत्ता किन्न चाहानुहुन्छ भने शनिबार खरीद नगर्नुहोस्। यो विश्वास गरिन्छ कि शनिवार खरिद गरिएको कालो जुत्ता लगाउनाले असफलता प्राप्त हुन्छ। ज्योतिषशास्त्रका अनुसार यदि तपाईं असफलताबाट बच्न र सफल हुन चाहानुहुन्छ भने शनिबार कालो जुत्ता नकिन्नुहोस्।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१९:३४

यी ५ राशिका मानिसको जीवन कहिल्यै रहँदैन धनको अभाव !