बिहान कहिल्यै नगर्नुस् यस्ता काम !

शुभ दिनको सुरुवात शुभ बिहानीबाट हुन्छ। दिनको सुरुवात कसरी भएको, यो चिजले फरक पार्छ दिन कस्तो हुन्छ भनेर। र यसले हाम्रो कामलाई पनि प्रभाव पार्छ। बिहान व्यायाम, ध्यान, र योग आदि जस्ता बानीले हाम्रो बिहानी शुभ र राम्रो बनाउँछ, साथै यो हाम्रो स्वास्थ्यको लागि पनि अत्यन्त फाइदाजनक छ। त्यस्तै, केहि बानीहरू यस्ता पनि छन् जुन हाम्रो स्वास्थ्यको लागि हानिकारक छ। यस्तै केहि कार्यहरू छन् जुन बिहान गर्नु हुँदैन।

ढिलोसम्म सुत्नु

धेरै मानिसहरूको बिहान ढिलो सम्म सुत्ने बानी हुन्छ। तर घाम उदाउनु अघि नै ओछ्यान छोड्नु पर्छ। केहि मानिसहरूको बिहान उठेपछि पनि यता उता लडिहाल्ने बानी हुन्छ। यसले तपाईंको शरीरमा आलस्य बढाउँछ र बिहान उठेपछि पनि तपाईंमा स्फूर्ति हुँदैन। यो बानी तपाईंको स्वास्थ्यको लागि पनि राम्रो छैन।

कफी पिउनु 

धेरै मानिसहरू बिहान उठ्ने बित्तिकै कफी पिउँछन्। तर कफी कहिले पनि खाली पेटमा पिउनु हुँदैन। केहि खाएपछि मात्र कफी पिउने बानी बसालौं। बिहान कफी पिउँदा कार्टिजोल भनिने हर्मोनको स्तर बढ्छ, जसले शरीरमा बोसो बढाउँछ।

धूम्रपान

धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ, तर धूम्रपान गर्नेहरूलाई यसको लत लागेको हुन्छ। केहि व्यक्ति बिहान उठ्दछन् र पहिले धूम्रपान गर्छन् तर बिहान धुम्रपान धेरै हानिकारक हुन्छ। यसले धेरै क्यान्सर हुने जोखिमलाई बढाउँछ।

मसलादार खाना 

मसलादार फ्राइड खाना बिहान कहिल्यै खान हुँदैन। बिहान हल्का तर पौष्टिक आहार लिनुपर्दछ जसले तपाईंलाई काम गर्न उर्जा दिन्छ। मानिसहरू हतारमा बिहानको खाजा नखाई घर छाड्छन्, तर बिहानको खाजा सधैं खानुपर्छ।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१९:३३

कोरोना संक्रमित र डाक्टरको यो तस्विर विश्वभर भयो भाइरल ! [तस्विर सहित]