डिसेम्बर वर्षको अन्तिम महिना हो। धेरै मानिसहरूले यस महिनामा आफ्नो जन्मदिन हुनसक्छ। ज्योतिष गणनाको अनुसार, डिसेम्बरमा जन्मेका व्यक्तिको प्रकृति तिनीहरूको गुणहरू र आचरणहरूको बारेमा जान्न सकिन्छ। यस महिना, ग्रहहरूको चालले व्यक्तिको जीवनमा असर गर्छ, यस्तो अवस्थामा ती ग्रहहरूको स्थानको प्रभाव बाह्रौं महिनामा जन्मेका मानिसहरूको जीवनमा देखिन्छ। डिसेम्बर महिनामा जन्म हुने मानिसको स्वभावको बारेमा जानौं….
स्वभाव
डिसेम्बरमा जन्मेका मानिस व्यावहारिक स्वभावका हुन्छन्। यी मानिस सबैसँग मिलजुलका साथ रहने किसिमका हुन्छन्। त्यसकारण यी व्यक्तिहरूका धेरै साथीहरू हुन्छन्। यिनिहरुको व्यक्तित्वमा एक अनौंठो आकर्षण हुन्छ जसका कारण अन्य व्यक्तिहरू यी मानिसप्रति आकर्षित हुन्छन्। प्रेमको मामलाहरुमा अधिक सक्रिय हुन्छन्।
गुण
डिसेम्बरमा जन्मेका मानिसहरूले शिक्षाको क्षेत्रमा राम्रो काम गर्छन्। यिनीहरु हरेक परिस्थितिलाई दार्शनिक दृष्टिकोणले हेर्छन्। यी मानिस हरेक पक्षमा गम्भीरताका साथ सोच्ने गर्छन्। यिनीहरुमा गज्जबको आत्मविश्वास हुन्छ। अवसर पाएको खण्डमा यी मानिस आफैंलाई राम्रो स्थितिमा स्थापित गर्न सक्षम हुन्छन्।
दोष
ज्योतिषशास्त्रका अनुसार डिसेम्बरमा जन्मेका मानिसहरू अल्छी हुन्छन्। यी मानिस आफ्नो काम स्थगित गर्दै जान्छन् र जब समय आउँछ, हतारमा त्यो काम गर्छन्। यिनीहरुको यो बानीले उसलाई प्रायः समस्यामा पार्छ। डिसेम्बरमा जन्मेका मानिस थोरै अहंकारी हुन्छन्।