काठमाडौँ – प्रखर वक्ताको रुपमा सर्वत्र चर्चित रहेका रमेश प्रसाईले लगन-गाँठो कस्ने भएका छन्। पछिल्लो समय गायनमा समेत जमेका प्रसाईले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् ।
प्रसाई र सिंह बीच आगामी २२ गते सोमबारका दिन विवाद हुने तय भएको छ। थाहा हुनआए अनुसार प्रसाई र सिंहको विवाह मङ्सिर २२ गते धरानबाट हुनेछ।
प्रसाईसँग विवाह गर्न लागेकी सिंह समाजसेवामा सक्रिय छिन्। काठमाडौँमा उनले बालआश्रम चलाउँदै आएकी छन्। प्रसाई र सिंहको भेट ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भएको बताइएको छ।
त्यसयता दुवै नजिक भएका थिए भने रमेशले प्रेम प्रस्ताव राखेका थिए।