हाम्रो सबै बानी व्यवहार तथा कुनै पनि स्वभाव सबै मानिसलाई मन पर्छ भन्ने छैन। सबैको रोजाई एउटै प्रकारको हुनुपर्छ भन्ने पनि छैन। त्यस्तै, महिलाको केहि कुरा सामान्यतया पुरुषलाई मन पर्दैन। यी पाँच कुरा जुन महिलाको बारेमा प्राय: पुरुषलाई मन पर्दैन।
छिटै रिसाउने
पुरुषलाई छिटै रिसाउने केटीहरु फिटिक्कै मन पर्दैन। जो महिला बच्चा जस्तो व्यवहार गर्छन्, साना साना कुरामा छिटै रिसाउने बानी हुन्छ, त्यस्ता महिला पुरुषलाई मन पर्दैन।
चुपचाप बस्ने
केही केटीहरूलाई लाग्न सक्छ कि केटाहरुले चुपचाप बस्ने शान्त केटीहरू मन पराउँछन्। केटाहरूले शान्त केटीहरू होइन तर समझदार कुरा गर्ने केटीहरू रुचाउँछन्।
मेकअप
केही केटीहरू धेरै मेकअप गर्छन्। उनीहरू सोच्दछन् कि केटाहरू ठूला ओठहरू मन पराउँछन्, तर यो त्यस्तो होइन। अत्यधिक मेकअपले कहिले पनि केटाहरुलाई आकर्षित गर्दैन किनभने यो कृत्रिम देखिन्छ।
स्टाइलिश
प्राय: महिलालाई लाग्न सक्छ कि पुरुषहरु स्टाइलिश र तडक-भडक गर्ने महिला तर्फ बढी आकर्षित हुन्छन्। तर वास्तवमा, धेरै जसो पुरुषलाई साधारण र देखावटी नगर्ने महिला रुचाउँछन्।
इन्कार
कतिपय केटीहरूको बुझाई हुन्छ कि यदि उनीहरूले केहि इन्कार गरे भने त्यो केटाहरूलाई मनपर्दैन। तर मन नपरेको कुरा राम्रो तरिकाले भन्ने र समझदार महिला तर्फ पुरुष बढी आकर्षित हुन्छन्।