बलिउड अभिनेता सनी देओललाई कोरोना !

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण पुष्टि भएको छ। हल्का ज्वरो र खोकी लागेपछि गरेको उनको टेस्ट पोजेटिभ आएको हो। मंगलबार आएको उनको रिपोर्टले उनलाई कोरोन संक्रमण रहेको पुष्टि भयो। सनी देओल लगभग एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बस्दै आएका थिए। हालै उनको मुम्बईमा काँधको शल्यक्रिया भएको थियो।

डिसेम्बर ३ मा, उनी मुम्बई फर्कने तयारीमा थिए। त्यसभन्दा पहिले उनले आफ्नो कोरोना परीक्षण गर्दा उनलाई कोरोना संक्रमित भएको पाइयो। सनी देओल अहिले क्वारेन्टेनमा बसेका छन्। यस बारेमा उनले एक ट्वीट गर्दै लेखे,”मैले कोरोना परीक्षण गरेको थिए र रिपोर्ट पोजेटिभ आयो। अहिले म म आइसोलेसनमा छु र मेरो स्वास्थ्य राम्रो छ। म सबैलाई अनुरोध गर्दछु कि जो पछिल्लो दिनमा मेरो सम्पर्कमा आउनुभएको छ, कृपया आफैलाई आइसोलेट गर्नुहोस् र आफ्नो परिक्षण गर्नुहोस्।”

सनी देओलले बलिउडका सयौं चलचित्रमा अकं गरिसकेका छन्। उनको आगामी फिल्म अप्ने २ भर्खरै घोषणा गरिएको थियो। जसमा देओल परिवारका तीन पुस्ता पर्दामा देखा पर्नेछन्। यस चलचित्रमा सनी देओल बाहेक, धर्मेन्द्र, बबी देओल र सनीको छोरा करण देओल पनि हुनेछन्।

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१९:३६

सुशान्त सिंह राजपूत र रिया चक्रवर्ती बने ‘मस्ट सर्चड् सेलिब्रिटी’, सोनू सूद ‘हिरा अफ द ईयर’ !