मेष राशि
वर्षको अन्तिम महिना मेष राशिको लागि समग्रमा लाभदायक साबित हुनेछ। स्वस्थ्यमा भने नकारात्मक असर पर्ला। तपाईंमा सूर्य, बुध र केतुको अशुभ प्रभाव रहनेछ। १३ र १४ तारिख अशुभ रहला।
वृष राशि
कार्यक्षेत्रमा उच्च अधिकारीसँग तनाव बढ्न सक्छ। सूर्यको राशि परिवार्तनले स्वास्थ्यमा असर पर्ला। गोप्य शत्रुहरूसँग विशेष सावधान रहनुहोला। ९ र १० तारिखको दिन निकै सावधान रहनुहोला।
मिथुन राशि
घर तथा कार्यक्षेत्रमा अनावश्यक विवाद बढ्नसक्छ। ग्रह परिवर्तनले कार्य क्षेत्रमा शुभ प्रभाव पार्नेछ। अविवाहित मानिसहरूको विवाहको योग बन्नसक्छ। १७ र १८ तारिख तपाईंको लागि अशुभ साबित हुनसक्छ।
कर्कट राशि
ग्रहको गोचर यस राशिको लागि शुभ रहनेछ। पदोन्नतिको आसा राख्न सकिन्छ। प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्न सकिन्छ। महिनाको उत्तरार्धमा अधिक चिन्ता वा शारीरिक पीडा हुनसक्छ। २० र २१ तारिक कर्कट राशिलाई अशुभ रहला।
सिंह राशि
लामो समयदेखि चल्दै आएको समस्याको समाधान हुनेछ। व्यापारमा लगानी गर्नको लागि समय अनुकूल छ। विशेष कार्यमा आफू भन्दा ठूलाको भरपूर सहयोग मिल्नेछ। १३ र १४ तारिखको दिन भने अशुभ रहला।
कन्या राशि
सामाजिक रूपले सक्रिय रहनाले प्रभावकारी मानिसहरूलाई भेट्ने मौका मिल्नेछ। चोटपटक लाग्ने सम्भावना पनि छ। सवारी चलाउँदा सावधानी अपनाउनु आवश्यक छ। विशेषगरी २४ र २५ तारिक तपाईंको लागि अशुभ हुनसक्छ।
तुला राशि
घरेलु समस्याले सताउन सक्छ। व्यापार व्यवसाय क्षेत्रमा समय मध्यम रहनेछ। यस समयमा तपाईंको आर्थिक पक्ष मजबूत हुनेछ। आयका स्रोत बढ्नेछन्। २७ र २८ तारिख भने सावधान रहन जरूरी छ।
वृश्चिक राशि
जग्गा वा भवनको बिक्री वा खरीदबाट पनि लाभ हुनेछ। यस समयमा, कुनै पनि ठूलो योजनामा पैसा लगानी गर्दा सावधान रहनुहोस्। पदोन्नतिको योग रहेको छ। २४ र २५ तारिख तपाईंको लागि अशुभ रहन सक्छ।
धनु राशि
व्यापारमा अप्रत्याशित लाभ हुनेछ। पदोन्नतिको नयाँ ढोका महिनाको सुरूमा नै खुल्नेछ। यदि तपाईंले कसैलाई प्रेम प्रस्ताव गर्नुभएको छ भने स्वीकार हुनसक्छ। तर १७ र १८ तारिखको दिन भने अशुभ रहला।
मकर राशि
रोजगार स्थानान्तरण वा जागिर परिवर्तन हुने सम्भावनाहरू छन्। व्यापार व्यवसाय क्षेत्रमा विभिन्न लाभका अवसर मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। यस महिनाको २४ र २५ तारिखमा तपाईं सावधान रहनुहोला।
कुम्भ राशि
यस समयमा तपाईंले आफ्नो आयमा गिरावट आउनसक्छ। दाम्पत्य जीवनमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। संकटको समयमा जीवनसाथीको पूर्ण समर्थन रहनेछ। विशेषगरी ९ र १० तारिखको दिन सावधान रहन जरूरी देखिन्छ।
मीन राशि
यो समय व्यवसायका लागि पनि उपयुक्त हुनेछ। आधा अपूर्ण योजनाहरू पूरा गर्न मार्ग प्रशस्त हुनेछ। तपाईंको साहस र उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। यस महिनाको २९ तारिख तपाईंको लागि अशुभ साबित हुनसक्छ।