उदितनारायणका छोरा आदित्यले गरे श्वेतासँग विवाह ! [तस्विर सहित]

एजेन्सी – गायक तथा टेलिभिजन प्रस्तोता आदित्य नारायण झाले विवाह गरेका छन्। झाले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका हुन्।

दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरूले भारतको मुम्बईमा विवाद भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। दुई बीच मुम्बई जुहूस्थित इस्कन मंदिरमा बिहे भएको बताइएको छ।

आदित्यका पिता उदित नारायण झाका अनुसार कोरोना फैलिने जोखिमका कारण वैवाहिक समारोहमा करिब ५० जनाको मात्रै उपस्थित रहेको थियो। विवाहमा ५० जना आफन्तहरुको उपस्थिति रहेको थियो। आदित्य चर्चित गायक उदित नारायण र गायिका दीपाका छोरा हुन् ।

आदित्यका विवादका तस्विर तथा भिडियोहरु सामाजिक संजालमा देखा परेका छन्।

तस्विर: सामाजिक संजाल

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१३:२१

रमेश प्रसाई र उनका साथी जीवनको विवाद एकै दिन, मण्डपमा पनि एउटै !